अजिरकोट भलिवल कपको उपाधि साविकको विजेता नमुनाको पोल्टामा


कात्तिक ३, गोरखा । तेस्रो अजिरकोट भलिवल कप २०८० को उपाधि साविकको विजेता नमुना युवा क्लब दमौली तनहुले जितेको छ।

प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको हिमचुली युवा क्लब झ्याँवालाई आज भएको फाइनलमा ३ –० को सोझो सेटमा पराजित गर्दै नमुनाले उपाधि हात पारेको प्रतियोगिताका संयोजक मोहन गुरुङले बताउनुभयो ।

यो सँगै उपाधि बिजेता नमुनाले ३० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी विजेता क्लबका प्रितम थापा बन्नुभएको छ । उहाँलाई  ३ हजार रुपैयाँ सहित ट्रफि प्रदान गरिएको छ ।

प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि अजिरकोट गाउँपालिकाकी  उपाध्यक्ष अनिता भुजेल र वडा अध्यक्ष जंगबहादुर गुरुङले एक कार्यक्रमका बिच पुरस्कार प्रदान गर्नुभयो ।

अजिरकोट गाऊँपालिका ४ सिम्जुङको गोगनपानी युवा क्लबको आयोजनामा तेस्रो अजिरकोट भलिबल कप २०८० भएको हो । पछिल्लो दुई संस्करण दशै कप भलिबल प्रतियोगिताको नामबाट सञ्चालन भएको प्रतियोगिता तेस्रो संस्करण परिमार्जन गर्दै ‘अजिरकोट भलिवल कप २०८०’ को नाममा सञ्चालन गरिएको हो ।

‘गोगनपानी युवा क्लबको शान , समग्र अजिरकोट गाउँपालिकाको खेलकुद सङै पर्यटन बिकास गराउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गोगनपानी युवा क्लबको खेलमैदानमा प्रतियोगिता भएको हो । बुधबारदेखी सुरु भएको प्रतियोगितामा १० टिमको सहभागीता थियो  ।

प्रतियोगिताको समापन कार्यक्रममा स्थानीय कलाकारहरुको साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको आयोजक गोगनपानी युवा क्लवले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

सिम्जुङको गोगनपानी युवा क्लवले ‘तेस्रो अजिरकोट भलिवल कप २०८०’ गर्ने

असोज ५, गोरखा । अजिरकोट गाऊँपालिका ४ सिम्जुङको गोगनपानी युवा क्लबको आयोजनामा तेस्रो अजिरकोट भलिबल कप २०८० हुने भएको छ । पछिल्लो दुई संस्करण दशै कप

सिरानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिलाको पोल्टामा

माघ ६, गोरखा ।  गोरखाको सिरानचोक गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिला मावि हर्मीले जितेको छ । ९ स्वर्ण, ८ रजत र ३

सिरानचोक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको औपचारिक उद्घाटन

  माघ ५, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ । परोपकार आदर्श मावि जौवारीमा माघ