सिम्जुङको गोगनपानी युवा क्लवले ‘तेस्रो अजिरकोट भलिवल कप २०८०’ गर्ने

असोज ५, गोरखा ।

अजिरकोट गाऊँपालिका ४ सिम्जुङको गोगनपानी युवा क्लबको आयोजनामा तेस्रो अजिरकोट भलिबल कप २०८० हुने भएको छ ।

पछिल्लो दुई संस्करण दशै कप भलिबल प्रतियोगिताको नामबाट सञ्चालन भएको प्रतियोगिता तेस्रो संस्करण परिमार्जन गर्दै ‘अजिरकोट भलिवल कप २०८०’ को नाममा सञ्चालन गर्न लागिएको प्रतियोगिताका संयोजक मोहन गुरुङले बताउनुभयो ।

‘गोगनपानी युवा क्लबको शान , समग्र अजिरकोट गाउँपालिकाको खेलकुद सङै पर्यटन बिकास गराउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आगामी कार्तिक १ गतेदेखि ३ गतेसम्म अजिरकोट गा.पा. ४ स्थित गोगनपानी युवा क्लबको खेलमैदानमा प्रतियोगिता हुने गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा गोरखा, तनहुँ, लमजुङ र कास्की जिल्लाका उत्कृष्ट १२ टोलीको सहभागीता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताका बिजेताले ३० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँ सहित ट्रफि प्राप्त गर्ने प्रतियोगिताका संयोजक मोहन गुरुङले जानकारी दिनुभयो ।

हरेक खेलका ‘म्यान अफ दि म्याच’ लाई अजिरकोट गाउँपालिकाको  पर्यटकीय गन्तव्यहरुको वृत्तचित्र मायाको चिनोका रुपमा प्रदान गरिने पनि उहाँको भनाई छ । कार्यक्रम सम्पन्न गर्न ३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताको समापनका दिन स्थानीय कलाकारहरुको साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुने आयोजक गोगनपानी युवा क्लवले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

अजिरकोट भलिवल कपको उपाधि साविकको विजेता नमुनाको पोल्टामा

कात्तिक ३, गोरखा । तेस्रो अजिरकोट भलिवल कप २०८० को उपाधि साविकको विजेता नमुना युवा क्लब दमौली तनहुले जितेको छ। प्रतियोगितामा पहिलोपटक सहभागिता

सिरानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिलाको पोल्टामा

माघ ६, गोरखा ।  गोरखाको सिरानचोक गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिला मावि हर्मीले जितेको छ । ९ स्वर्ण, ८ रजत र ३

सिरानचोक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको औपचारिक उद्घाटन

  माघ ५, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ । परोपकार आदर्श मावि जौवारीमा माघ