सिरानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिलाको पोल्टामा


माघ ६, गोरखा ।  गोरखाको सिरानचोक गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिला मावि हर्मीले जितेको छ । ९ स्वर्ण, ८ रजत र ३ कास्य सहित २० पदकका साथ महेन्द्रलिलाले उपाधि उचालेको हो । परोपकार आदर्श मावि जौवारीमा आयोजित प्रतियोगितामा महेन्द्रलिलाले  पालिकास्तरीय राष्ट्रपति शिल्ड उचाल्न सफल भएको हो ।

प्रतियोगितामा जनकल्याण मावि १५ पदक सहित दोस्रो भएको छ । जनकल्याणले ६ स्वर्ण, ४ रजत र ५ कास्य पदक पाएको छ । यस्तै, धर्मावती मावि १० पदक सहित तेस्रो भएको छ । धर्मावतीले ५ स्वर्ण, २ रजत र ३ कास्य पदक पाएको हो ।

प्रतियोगितामा भएको विभिन्न खेलमा ३० स्वर्ण, ३४ रजत र ३१ कास्य गरी ९५ पदक खेलाडीलाई वितरण गरिएको छ ।  तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पालिका भित्रका माविस्तरीय १५ वटा सामुदायिक विद्यालय र एक निजी विद्यालय गरी १६  विद्यालयका विद्यार्थी १५ खेलमा प्रतिस्पर्धा गरेका थिए ।

माघ २ देखी ५ गतेसम्म भएको प्रतियोगितामा भलिबल, हाइजम्प लङजम्प, छेलो, कवडी, रिले दौड लगायत खेलमा करिब चार सय भन्दा बढी खेलाडी सहभागी थिए । पालिकास्तरीय प्रतियोगितामा छनौट भएका खेलाडीहरु जिल्लास्तरीय प्रतियोगितामा सहभागि हुनेछन् ।

गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, पालिकाकी उपाध्यक्ष रीता देवकोटा लगायतले विजेता खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

अजिरकोट भलिवल कपको उपाधि साविकको विजेता नमुनाको पोल्टामा

कात्तिक ३, गोरखा । तेस्रो अजिरकोट भलिवल कप २०८० को उपाधि साविकको विजेता नमुना युवा क्लब दमौली तनहुले जितेको छ। प्रतियोगितामा पहिलोपटक सहभागिता

सिम्जुङको गोगनपानी युवा क्लवले ‘तेस्रो अजिरकोट भलिवल कप २०८०’ गर्ने

असोज ५, गोरखा । अजिरकोट गाऊँपालिका ४ सिम्जुङको गोगनपानी युवा क्लबको आयोजनामा तेस्रो अजिरकोट भलिबल कप २०८० हुने भएको छ । पछिल्लो दुई संस्करण दशै कप

सिरानचोक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको औपचारिक उद्घाटन

  माघ ५, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ । परोपकार आदर्श मावि जौवारीमा माघ