सिरानचोक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको औपचारिक उद्घाटन

 
माघ ५, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ । परोपकार आदर्श मावि जौवारीमा माघ २ गतेबाट प्रतियोगिता सुरु भएपनि सो दिन राष्ट्रिय शोकका कारण उद्घाटन समारोह गरिएको थिएन।

 बुधबार एक कार्यक्रमका बिच गण्डकी प्रदेशका सांसद सुरेन्द्रराज पाण्डेले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । सो क्रममा उहाँले ब्यबसायिक खेलाडी बन्नका लागि विद्यार्थीका लागि यस्ता प्रतियोगिता अबसर हुन सक्ने बताउनुभयो । खेलकुदको विकासका लागि हरेक विद्यालयमा खेल शिक्षकको ब्यबस्था गर्नुपर्ने उहाँको जोड छ । 

 यसका लागि स्तरीय खेलमैदान निर्माण र बजेट ब्यबस्थापनमा पनि ध्यान दिन उहाँले पालिकालाई सुझाव दिनुभएको छ । प्रदेश सांसदमा रुपमा आफ्नो क्षेत्रमा खेलकुद विकासका कार्यक्रमका लागि सक्दो पहल गर्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो । खेल मार्फत सामाजिक सद्भाव, ऐक्यवद्धता र मेलमिलाप बढाउन उहाँले विद्यार्थीहरुलाई सुझाव दिनुभएको छ ।

खेलाडीहरुको शारीरिक, मानसिक, संवेगात्मक विकासका लागि  राष्ट्रपति रनिङशील्ड प्रतियोगिता आयोजना गर्दै आएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताउनुभयो ।

तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पालिका भित्रका माविस्तरीय १५ वटा सामुदायिक विद्यालय र एक निजी विद्यालय गरी १६ वटा विद्यालयका विद्यार्थी १५ खेलमा प्रतिस्पर्धा गरिहेका छन् ।

प्रतियोगितामा भलिबल, हाइजम्प लङजम्प, छेलो, कवडी, रिले दौड लगायत खेलमा करिब चार सय भन्दा बढी खेलाडी प्रतिस्पर्धा गरिरहेको सिरानचोक गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । पालिकास्तरीय प्रतियोगितामा  छनौट भएको खेलाडीहरु जिल्लास्तरीय प्रतियोगितामा सहभागि हुनेछन् ।

गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रिता देवकोटा, कार्यक्रममा पालिकाका शिक्षा अधिकृत मोतिमाया ढकाल, पुर्व जिल्ला विकास समितिका सभापति चेतमान श्रेष्ठ,  वडा अध्यक्ष दलमान गुरुङ लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो  । 

प्रतिकृया दिनुहोस

अजिरकोट भलिवल कपको उपाधि साविकको विजेता नमुनाको पोल्टामा

कात्तिक ३, गोरखा । तेस्रो अजिरकोट भलिवल कप २०८० को उपाधि साविकको विजेता नमुना युवा क्लब दमौली तनहुले जितेको छ। प्रतियोगितामा पहिलोपटक सहभागिता

सिम्जुङको गोगनपानी युवा क्लवले ‘तेस्रो अजिरकोट भलिवल कप २०८०’ गर्ने

असोज ५, गोरखा । अजिरकोट गाऊँपालिका ४ सिम्जुङको गोगनपानी युवा क्लबको आयोजनामा तेस्रो अजिरकोट भलिबल कप २०८० हुने भएको छ । पछिल्लो दुई संस्करण दशै कप

सिरानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिलाको पोल्टामा

माघ ६, गोरखा ।  गोरखाको सिरानचोक गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिला मावि हर्मीले जितेको छ । ९ स्वर्ण, ८ रजत र ३