भच्चेकमा भएको दन्त शिविरमा २ शय ८६ जनाले सेवा लिए

साउन २९, गोरखा ।

गोरखाको भच्चेक स्वास्थ्य चौकीमा भएको निशुल्क दन्त शिविरमा २ शय ८६ जनाले सेवा लिएका छन् ।

जसमध्ये १ शय ७२ जनाको दाँत निकालेको, ७३ जनाको दाँत सफा गरिएको र ३० जनाको दाँतमा सिमेन्ट भरिएको शिविर संयोजक धनबहादुर गुरुङले बताउनुभयो ।

आइतवार शुरु भएको शिविरमा दन्त रोग विशेषज्ञ डाक्टर रुपेशकुमार महतो, डाक्टर स्वेता कार्की, डाक्टर दिलिप शाहको समूहले दन्त परिक्षण र उपचार सेवा उपलब्ध गराएको थियो ।

अजिरकोट गाऊँपालिकाको आयोजना, ओम समाज डेन्टल अस्पताल काठमाण्डौंको प्राविधिक सहयोगमा शिविर भएको हो । शिविर आयोजनामा मुटु फाउण्डेशन नेपाल, मनोज एसोशिएसनले सहयोग गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस

भिमसेनमा नसर्ने रोगको स्क्रिनिङ तथा उपचार शिविर सुरु

फागुन १३, गोरखा ।  गोरखाको भिमसेन थापा गाउँपालिकाले  नसर्ने रोगको स्क्रिनिङ तथा उपचार शिविर सुरु गरेको छ । बोर्लाङ स्वास्थ्य चौकीबाट शिविर सुरु

अश्राङ स्वास्थ्य चौकी : १० शैयाको पालिकास्तरीय शहिद स्मृति आधारभूत अस्पतालमा स्तरोन्नती हुँदै

पुष १०, गोरखा ।  गोरखाको भिमसेन थापा गाऊँपालिकाले अश्राङ स्वास्थ्य चौकीलाई पालिकास्तरीय आधारभूत अस्पतालमा स्तरोन्नती गर्ने तयारी गरेको छ । संघीय

गोरखा आयुर्वेद कम्पनीको अविपत्तिकर चूर्ण गुणस्तरहीन : औषधि ब्यबस्था विभाग

मंसिर २७, गोरखा । गोरखा आयुर्वेद कम्पनीले उत्पादन गरेको एक सय ग्रामको अविपत्तिकर चूर्ण बिक्री वितरण रोक्का गरेर बजारबाट फिर्ता गर्न औषधि ब्यबस्था