भिमसेनमा नसर्ने रोगको स्क्रिनिङ तथा उपचार शिविर सुरु


फागुन १३, गोरखा ।  गोरखाको भिमसेन थापा गाउँपालिकाले  नसर्ने रोगको स्क्रिनिङ तथा उपचार शिविर सुरु गरेको छ । बोर्लाङ स्वास्थ्य चौकीबाट शिविर सुरु गरीएको हो ।

आज भएको शिविरमा  १ सय ८० जनालाई ओपिडि सेवा दिईएको छ । २१ जनाको खकारको नमुना संकलन,१ सय २२ जनाको रगत परिक्षण र ३१ जनाको पाठेघरको क्यान्सर पहिचानमा गरिने भिआईए परिक्षण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताउनुभयो । 

शिविरमा शहिद स्मृति आधारभूत अस्पतालका डा. सुदन अधिकारी, गोरखा अस्पतालका चिकित्सक, बोर्लाङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सहितको टोलीले उपचार सेवा दिएको थियो ।  गाउँपालिकाले ८ वटै वडामा यही प्रकारको शिविर सञ्चालन गर्ने भएको छ । 

 शिविरमा मुटुरोग, स्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह, उच्च रक्तचाप, पाठेघरको क्यान्सर लगायतका नसर्ने रोगहरुको दक्ष स्वास्थ्यकर्मीबाट परिक्षण तथा पहिचान गरिएको  स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो । 

शिविरमा मुटुको इसिजी, पिसाब परिक्षण, पाठेघरको क्यान्सर पहिचानमा गरिने भिआईए परिक्षण, फोक्सोको कार्यक्षमता परिक्षण, भिडियो एक्सरे लगायतका परिक्षण सँगै अन्य जाँच गरिनेछ ।  सबै वडामा शिविर सकेर रोग पहिचान भएकाहरुको फागुन १९ र २० गते शहिद स्मृति आधारभूत अस्पताल अश्राङमा विशेषज्ञबाट विशेष परिक्षण सहित उपचार सेवा दिईने स्वास्थ्य शाखाले जनाएको छ । 

पछिल्लो समय नसर्ने रोगको समस्या बढ्दै गएकाले समयमै यसको पहिचान गरी उपचार मार्फत नागरिकलाई स्वस्थ जिवनयापन गर्न सहज बनाउने उदेश्यले पालिकाले बार्षिक कार्यक्रम अनुसार शिविर आयोजना गरेको स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

भच्चेकमा भएको दन्त शिविरमा २ शय ८६ जनाले सेवा लिए

साउन २९, गोरखा । गोरखाको भच्चेक स्वास्थ्य चौकीमा भएको निशुल्क दन्त शिविरमा २ शय ८६ जनाले सेवा लिएका छन् । जसमध्ये १ शय ७२ जनाको दाँत निकालेको, ७३ जनाको

अश्राङ स्वास्थ्य चौकी : १० शैयाको पालिकास्तरीय शहिद स्मृति आधारभूत अस्पतालमा स्तरोन्नती हुँदै

पुष १०, गोरखा ।  गोरखाको भिमसेन थापा गाऊँपालिकाले अश्राङ स्वास्थ्य चौकीलाई पालिकास्तरीय आधारभूत अस्पतालमा स्तरोन्नती गर्ने तयारी गरेको छ । संघीय

गोरखा आयुर्वेद कम्पनीको अविपत्तिकर चूर्ण गुणस्तरहीन : औषधि ब्यबस्था विभाग

मंसिर २७, गोरखा । गोरखा आयुर्वेद कम्पनीले उत्पादन गरेको एक सय ग्रामको अविपत्तिकर चूर्ण बिक्री वितरण रोक्का गरेर बजारबाट फिर्ता गर्न औषधि ब्यबस्था