अश्राङ स्वास्थ्य चौकी : १० शैयाको पालिकास्तरीय शहिद स्मृति आधारभूत अस्पतालमा स्तरोन्नती हुँदै

पुष १०, गोरखा । 

गोरखाको भिमसेन थापा गाऊँपालिकाले अश्राङ स्वास्थ्य चौकीलाई पालिकास्तरीय आधारभूत अस्पतालमा स्तरोन्नती गर्ने तयारी गरेको छ ।

संघीय सरकारको कार्यक्रम अनुसार सो स्वास्थ्य संस्थालाई १० शैयाको आधारभूत अस्पतालका रुपमा स्तरोन्नती गर्ने धेरैजसो प्रक्रिया पूरा भैसकेको गाऊँपालिकाका स्वास्थ्य शाखा संयोजक भेषराज खनालले बताउनुभयो ।

गाऊँपालिकाले अस्पतालका लागि आवश्यक पर्ने कर्मचारीको दरवन्दी स्विकृत गरिसकेको उहाँले जानकारी दिनुभयो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत असार २१ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार जिल्लाका ४ पालिकामा निर्माण हुने अस्पतालका लागि कर्मचारीको दरवन्दी प्रस्ताव गरिएको थियोे ।

मन्त्रालयले अजिरकोट, चुमनुब्री, धार्चे र भिमसेनथापा गाऊँपालिकाका लागि कर्मचारीको दरवन्दी प्रस्ताव गरेर पत्र पठाएको थियो । सोही अनुसार अश्राङमा निर्माण भैरहेको १० शैयाको आधारभूत अस्पतालका लागि २२ जना कर्मचारीको दरवन्दी स्विकृत गरिएको पालिकाका स्वास्थ्य शाखा संयोजक खनालले बताउनुभयो ।

अस्पतालका लागि चिकित्सक नियुक्ति भएर गत असोज ११ गतेबाट सेवा दिन थालिसकेका उहाँले जानकारी दिनुभयो । मन्त्रालयको निर्णय अनुसार अस्पताल बन्ने वडामा  सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रहरु सोही अस्पतालमा समाहित गर्नुपर्नेछ ।

अस्पतालमा स्वास्थ्यतर्फ स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, कविराज, ल्याव टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, डेन्टल हाइजिनिष्ट तथा प्रशासनतर्फ नायव सुब्बा सहित कार्यालय सहयोगी र सरसफाईकर्मी लगायत कर्मचारी रहने छन् । भिमसेन थापा गाऊँपालिकाको कार्यपालिका बैठकले पालिकास्तरीय उक्त अस्पतालको नाम शहिद स्मृति आधारभूत अस्पताल राख्ने निर्णय पनि गरिसकेको छ । 

यस्तै अस्पतालका लागि आवश्यक पर्ने नयाँ भवन निर्माणको प्रक्रिया पनि अघि बढेको छ । भवन निर्माणका लागि अश्राङका १० जनाले ७ रोपनी जग्गा निशुल्क उपलब्ध गराएका छन् । भवनको डिपिआर तयार भैसकेपनि मन्त्रालयबाट स्विकृत हुन बाँकी रहेको छ ।

डिपिआर स्विकृत भए लगत्तै टेण्डर प्रक्रिया अघि बढाउने योजना रहेको स्वास्थ्य शाखा संयोजक खनालको भनाई छ । नयाँ भवन निर्माण पूरा नहुँदासम्म अश्राङ स्वास्थ्य चौकीको भवनबाटै चिकित्सकीय सेवा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

सो स्वास्थ्य संस्थाबाट इसिजि सहितको प्रयोगशाला सेवा उपलब्ध भैरहेको उहाँले जानकारी दिनुभयो । भिडियो एक्स रे मेशिन खरीदको प्रक्रिया अघि बढिसकेको पनि खनालले बताउनुभयो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा भिमसेन थापाको अश्राङ स्वास्थ्य चौकी सहित अजिरकोट गाऊँपालिकाको भच्चेक स्वास्थ्य चौकी, धार्चे गाऊँपालिकाको माछाखोला स्वास्थ्य चौकी र चुमनुब्री गाऊँपालिकाको सिर्दिवास स्वास्थ्य चौकीलाई ५/५ शैयाको अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय गरेको थियो ।

पहिलो चरणमा ४ पालिकाका स्वास्थ्य संस्था छनौट गरिएपनि अहिले भने अन्य ५ वटा पालिकामा पनि आधारभूत अस्पताल निर्माण प्रक्रिया शुरु भएको छ । गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा भने यसअघिनै अस्पताल सेवा रहेकाले आधारभूत अस्पतालका लागि छनौट नगरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

भच्चेकमा भएको दन्त शिविरमा २ शय ८६ जनाले सेवा लिए

साउन २९, गोरखा । गोरखाको भच्चेक स्वास्थ्य चौकीमा भएको निशुल्क दन्त शिविरमा २ शय ८६ जनाले सेवा लिएका छन् । जसमध्ये १ शय ७२ जनाको दाँत निकालेको, ७३ जनाको

भिमसेनमा नसर्ने रोगको स्क्रिनिङ तथा उपचार शिविर सुरु

फागुन १३, गोरखा ।  गोरखाको भिमसेन थापा गाउँपालिकाले  नसर्ने रोगको स्क्रिनिङ तथा उपचार शिविर सुरु गरेको छ । बोर्लाङ स्वास्थ्य चौकीबाट शिविर सुरु

गोरखा आयुर्वेद कम्पनीको अविपत्तिकर चूर्ण गुणस्तरहीन : औषधि ब्यबस्था विभाग

मंसिर २७, गोरखा । गोरखा आयुर्वेद कम्पनीले उत्पादन गरेको एक सय ग्रामको अविपत्तिकर चूर्ण बिक्री वितरण रोक्का गरेर बजारबाट फिर्ता गर्न औषधि ब्यबस्था