गोरखा आयुर्वेद कम्पनीको अविपत्तिकर चूर्ण गुणस्तरहीन : औषधि ब्यबस्था विभाग

मंसिर २७, गोरखा ।

गोरखा आयुर्वेद कम्पनीले उत्पादन गरेको एक सय ग्रामको अविपत्तिकर चूर्ण बिक्री वितरण रोक्का गरेर बजारबाट फिर्ता गर्न औषधि ब्यबस्था विभागले निर्देशन दिएको छ ।

औषधि व्यवस्था विभागले सो चूर्ण गुणस्तरहीन भएको भन्दै बिक्री वितरण रोक्का गरेर बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।

गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम सँगै भाष्कर हर्वास्युटिकल्स विरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भएको भन्दै बजारबाट फिर्ता ल्याउन विभागले सूचनामार्फत निर्देशन दिएको हो ।

दुवै औषधिमा खराबी देखिएको र स्वास्थ्यमा गम्भीर असर पुग्न सक्ने भएकाले बिक्री नगर्न र फिर्ता लिन निर्देशन दिइएको विभागले जनाएको छ ।

विभागले यी औषधिको प्रयोग नगर्न/नगराउन पनि सचेत गराएको छ ।

 

प्रतिकृया दिनुहोस

भच्चेकमा भएको दन्त शिविरमा २ शय ८६ जनाले सेवा लिए

साउन २९, गोरखा । गोरखाको भच्चेक स्वास्थ्य चौकीमा भएको निशुल्क दन्त शिविरमा २ शय ८६ जनाले सेवा लिएका छन् । जसमध्ये १ शय ७२ जनाको दाँत निकालेको, ७३ जनाको

भिमसेनमा नसर्ने रोगको स्क्रिनिङ तथा उपचार शिविर सुरु

फागुन १३, गोरखा ।  गोरखाको भिमसेन थापा गाउँपालिकाले  नसर्ने रोगको स्क्रिनिङ तथा उपचार शिविर सुरु गरेको छ । बोर्लाङ स्वास्थ्य चौकीबाट शिविर सुरु

अश्राङ स्वास्थ्य चौकी : १० शैयाको पालिकास्तरीय शहिद स्मृति आधारभूत अस्पतालमा स्तरोन्नती हुँदै

पुष १०, गोरखा ।  गोरखाको भिमसेन थापा गाऊँपालिकाले अश्राङ स्वास्थ्य चौकीलाई पालिकास्तरीय आधारभूत अस्पतालमा स्तरोन्नती गर्ने तयारी गरेको छ । संघीय