गोरखाको सिडिओमा सहसचिव दिनेशकुमार भुषाल तोकिए
माघ १९, गोरखा ।
गृह मन्त्रालयले गोरखाको प्रमुख जिल्ला अधिकारीको रुपमा सहसचिव दिनेश सागर भुषाललाई पठाउने निर्णय गरेको छ ।
बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयबाट गोरखाको प्रमुख जिल्ला अधिकारीमा भुषाल तोकिनु भएको मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयको पनि जिम्मेवारी लिनुभएको छ ।
भुषाल यसअघि कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव हुनुहुन्थ्यो । बुधवारमात्रै उहाँको गृहमन्त्रालय अन्तर्गत सरुवा भएको थियो ।
गृहमन्त्रालयले माघ ६ गते ४६ जिल्लाको प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने निर्णय गरेको थियो । तर सिरहाबाट गोरखा सरुवा हुनुभएका लालबाबु कवारीको सरुवा बदर गरिएको थियो ।
पालुङटार नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड अमरज्योती जनता माविलाई
माघ १०, गोरखा । पालुङटार नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि अमरज्योती जनता माविले जितेको छ । ११ स्वर्ण, ४ रजत र २ कास्य गरि कुल १७ पदक सहित
आगामी निर्वाचनका लागि गोरखामा २ लाख २० हजार ६३७ मतदाता कायम (कुन क्षेत्रमा कति ?)
असोज २, गोरखा । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि गोरखामा २ लाख २० हजार ६३७ मतदाता संख्या कायम भएको छ । निर्वाचन आयोगले
नवौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा गोरखालाई १६ स्वर्ण
भदौ १९, गोरखा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा भएको प्रादेशिक छनौटमा गोरखाले १६ स्वर्ण पदक जितेको छ । विभिन्न १७ विधाका
प्रतिकृया दिनुहोस