पालुङटार नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड अमरज्योती जनता माविलाई

माघ १०, गोरखा ।

पालुङटार नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि अमरज्योती जनता माविले जितेको छ । ११ स्वर्ण, ४ रजत र २ कास्य गरि कुल १७ पदक सहित अमरज्योती जनता मा.वि लुईटेल ले रनिङ शिल्डको उपाधि उचालेको हो। 

प्रतियोगितामा जीवन ज्योती मा.वि च्याङली ५ स्वर्ण,१ रजत र ४ कास्य सहित कुल १० पदकका साथ दोश्रो स्थान हासिल गरेको छ । यस्तै, जनता मावि आपँपिपल तेस्रो भएको छ । उसले ३ स्वर्ण, ५ रजत र ३ कास्य पदक पाएको छ ।

प्रतियोगितामा विजेता विद्यार्थी सहित विद्यालयलाई शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। पालुङटार नगरपालिका भित्रका १४ विद्यालय सहभागी प्रतियोगितामा भलिवल, दौड, हाईजम्प, लङ जम्प लगायतका खेल भएका थिए ।

माघ ७ गतेबाट सुरु भएको प्रतियोगिता मंगलबार उपप्रमुख बन्दना पाण्डेको अध्यक्षतामा समापन गरिएको हो । पालुङटार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र भवानी मा.वि. ठाँटीपोखरीको सह आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा उत्कृष्ट खेलाडी जिल्लास्तरीय प्रतियोगितामा भाग लिनेछन् ।

 

प्रतिकृया दिनुहोस

गोरखाको सिडिओमा सहसचिव दिनेशकुमार भुषाल तोकिए

माघ १९, गोरखा । गृह मन्त्रालयले गोरखाको प्रमुख जिल्ला अधिकारीको रुपमा सहसचिव दिनेश सागर भुषाललाई पठाउने निर्णय गरेको छ । बिहीबारको

आगामी निर्वाचनका लागि गोरखामा २ लाख २० हजार ६३७ मतदाता कायम (कुन क्षेत्रमा कति ?)

असोज २, गोरखा । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि गोरखामा २ लाख २० हजार ६३७ मतदाता संख्या कायम भएको छ । निर्वाचन आयोगले

नवौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा गोरखालाई १६ स्वर्ण

भदौ १९, गोरखा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा भएको प्रादेशिक छनौटमा गोरखाले १६ स्वर्ण पदक जितेको छ । विभिन्न १७ विधाका