आगामी निर्वाचनका लागि गोरखामा २ लाख २० हजार ६३७ मतदाता कायम (कुन क्षेत्रमा कति ?)

असोज २, गोरखा ।

आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि गोरखामा २ लाख २० हजार ६३७ मतदाता संख्या कायम भएको छ । निर्वाचन आयोगले आगामी मंसीर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको अद्यावधिक विवरण सार्वजनिक गरेको हो ।

जस अनुसार गोरखामा १ लाख ९ हजार ७७४ पुरुष र १ लाख १० हजार ८६३ महिला गरि २ लाख २० हजार ६३७ मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कुल मतदातामध्ये प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा ५७ हजार ३७५ पुरुष र ५८ हजार २२ महिला गरि १ लाख १५ हजार ३९७ मतदाता रहने भएका छन् । यस्तै प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा ५२ हजार ३९९ पुरुष र ५२ हजार ८४१ महिला गरि १ लाख ५ हजार २४० मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाका ४ वटा प्रदेशसभा क्षेत्रको पनि मतदाता संख्या सार्वजनिक भएको छ । जस अनुसार प्रतिनिधिसभा क्षेत्र नम्वर १ क मा ३० हजार २३१ पुरुष र ३० हजार ५१३ महिला गरि ६० हजार ७४४ मतदाता कायम भएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नम्वर १ को ख मा २७ हजार १४४ पुरुष र २७ हजार ५०९ महिला गरि ५४ हजार ६५३ मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताउनुभयो ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेश क मा २४ हजार ७२५ पुरुष र २५ हजार ६५१ मपहला गरि ५० हजार ३७६ मतदाता कायम भएका सुवेदीले जानकारी दिनुभयो । क्षेत्र नम्वर २ को प्रदेश ख मा २७ हजार ६७४ पुरुष र २७ हजार १ शय ९० महिला सहित ५४ हजार ८६४ मतदाता कायम भएका छन् ।

आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा कल मतदानस्थल २ शय २२ रहने भएको छ भने मतदान केन्द्र ३ शय १७ वटा रहनेछ ।

प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा १२९ मतदानस्थल र १ शय ७१ मतदान केन्द्र तथा क्षेत्र नम्वर २ मा ९३ मतदानस्थल तथा १ शय ४६ मतदानकेन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले शुक्रवार देशभरका प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रको मतदानस्थल तथा केन्द्र र मतदाता संख्याको अन्तिम टुंगो लगाएको हो । आगामी निर्वाचनका लागि जिल्लामा ७ वटा मतदानस्थल थपिएका छन् भने १७ वटा मतदानस्थल हेरफेर गरिएको छ ।  

 

प्रतिकृया दिनुहोस

गोरखाको सिडिओमा सहसचिव दिनेशकुमार भुषाल तोकिए

माघ १९, गोरखा । गृह मन्त्रालयले गोरखाको प्रमुख जिल्ला अधिकारीको रुपमा सहसचिव दिनेश सागर भुषाललाई पठाउने निर्णय गरेको छ । बिहीबारको

पालुङटार नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड अमरज्योती जनता माविलाई

माघ १०, गोरखा । पालुङटार नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि अमरज्योती जनता माविले जितेको छ । ११ स्वर्ण, ४ रजत र २ कास्य गरि कुल १७ पदक सहित

नवौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा गोरखालाई १६ स्वर्ण

भदौ १९, गोरखा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा भएको प्रादेशिक छनौटमा गोरखाले १६ स्वर्ण पदक जितेको छ । विभिन्न १७ विधाका