नवौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा गोरखालाई १६ स्वर्ण

भदौ १९, गोरखा ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा भएको प्रादेशिक छनौटमा गोरखाले १६ स्वर्ण पदक जितेको छ ।

विभिन्न १७ विधाका खेलकुदमा भाग लिएका खेलाडीले १६ स्वर्ण सहित १० रजत र १६ कास्य पदक जितेका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिं बस्नेतले बताउनुभयो ।

गोरखाले एथ्लेटिक्समा ६ स्वर्ण, ३ रजत र १ कास्य, तेक्वान्दोमा १ स्वर्ण, २ रजत र ६ कास्य, जुडोमा १ स्वर्ण, १ रजत र १ कास्य, सितेरियो करातेमा ३ स्वर्ण, ३ रजत र २ कास्य तथा स्क्वासमा २ स्वर्ण पदक जितेको उहाँले जानकारी दिनुभयो ।

यस्तै बक्सिङमा १ स्वर्ण र १ रजत, उसू र रग्बीमा १/१ स्वर्ण, फुल कन्ट्याक कराँतेमा १ रजत र ३ कास्य तथा खोखोमा एक कास्य पदक जितिएको बस्नेतले बताउनुभयो ।

गोरखाले कुल ४२ पदक जितेर प्रदेशमा तेस्रो स्थान हात पारेको उहाँले जानकारी दिनुभयो ।

स्वर्ण पदक विजेता सहित विभिन्न समूहगत खेलमा उत्कृष्ट ठहरिएका गरि ३५ जना गोरखाका खेलाडीहरु नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनेछन् ।

नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि उनीहरु छिटै बन्द प्रशिक्षणमा रहने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

गोरखाको सिडिओमा सहसचिव दिनेशकुमार भुषाल तोकिए

माघ १९, गोरखा । गृह मन्त्रालयले गोरखाको प्रमुख जिल्ला अधिकारीको रुपमा सहसचिव दिनेश सागर भुषाललाई पठाउने निर्णय गरेको छ । बिहीबारको

पालुङटार नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड अमरज्योती जनता माविलाई

माघ १०, गोरखा । पालुङटार नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि अमरज्योती जनता माविले जितेको छ । ११ स्वर्ण, ४ रजत र २ कास्य गरि कुल १७ पदक सहित

आगामी निर्वाचनका लागि गोरखामा २ लाख २० हजार ६३७ मतदाता कायम (कुन क्षेत्रमा कति ?)

असोज २, गोरखा । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि गोरखामा २ लाख २० हजार ६३७ मतदाता संख्या कायम भएको छ । निर्वाचन आयोगले