नवौं राष्ट्रिय खेलकुद : गोरखामा भएको बुद्धिचालमा आर्मीकी सुजना लोहनीको कीर्तिमानी ह्याट्रिक

कात्तिक २, गोरखा ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले ५ स्वर्ण सहित १० पदक जितेको छ । बुद्धिचालको ६ स्वर्ण सहित १८ पदकका लागि भएको प्रतियोगितामा आर्मीकी सुजना लोहनीले ३ स्वर्ण पदक जित्दै किर्तिमान कायम गर्नुभयो ।

प्रतियोगिताका कुल २७ खेलममध्ये सुजना सबैमा अपराजित रहिन् । बुद्धिचालमा यो किर्तिमान कायम गर्ने पनि उनी पहिलो खेलाडी बनेको प्रतियोगिताका एक निर्णायक यासिर खम्बुले बताउनुभयो । लोहनीले महिलातर्फको क्लासिकल, ¥यापिड र ब्लिट्ज गरि ३ वटै विधामा स्वर्ण पदक जित्नुभएको हो ।

महिलातर्फको क्लासिकलमा आर्मीकै सिन्दिरा जोशीले रजत र प्रदेश १ की खुश्वु थापाले कास्य पदक प्राप्त गर्नुभयो । महिला ¥यापिडमा प्रदेश १ की कृतिसरा अधिकारीले रजत र गण्डकी प्रदेशी पूजा भण्डारीले कास्य पदक प्राप्त गर्नुभयो । महिलातर्फको ब्लिट्ज राउण्डमा नेपाल पुलिस क्ल्वकी पूर्णिमा गुरुङले रजत र त्रिभुवन आर्मीकी सिन्दिरा जोशीले कास्य पदक प्राप्त गर्नुभयो ।

खुलातर्फको ¥यापिड र ब्लिट्ज राउण्डमा पनि आर्मीकै रुपेश जयसवालले दोहोरो स्वर्ण पदक जित्नुभयो । यस्तै ¥यापिडमा त्रिभुवन आर्मी क्लवका मिलन लामाले रजत र नेपाल पुलिस क्लवका सुरवीर लामाले कास्य पदक प्राप्त गर्नुभयो । खुलातर्फको ब्लिट्ज राउण्डमा नेपाल पुलिस क्लवका क्षितिज भण्डारीले रजत र त्रिभुवन आर्मी क्लवका सजिन महर्जनले कास्य पदक प्राप्त गर्नुभयो ।

खुला क्लासिकलतर्फको तीनवटै पदक भने होल्ड गरिएको आयोजकले जनाएको छ । गैर आवासिय नेपाली संघका ५ जना खेलाडीलाई मापदण्ड विपरित सहभागी गराइएको भन्दै प्रदेश नम्वर १ को खेलकुद बोर्डले दावी विरोध पेश गरेपछि मेडल र प्रमाणपत्र वितरण नगरिएको बुद्धिचाल प्रतियोगिताका निर्णायक मध्येका एक यासिर खम्बुले बताउनुभयो ।

क्लासिकल खुलामा गैरआवासीय नेपाली संघका आशिष फुयाँलले स्वर्ण जितेका थिए । लगत्तै दावी विरोध परेपछि आयोजकले औपचारिक रुपमा नतीजा पनि सार्वजनिक गरेको छैन । यसबारे राष्ट्रिय खेलकुद परिषदले अन्तिम निर्णय गर्ने बताइएको छ ।

पदक विजेताहरुलाई जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा लगायतले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका धेरैजसो खेल पोखरामा भैरहेका छन् । आसपासका जिल्लामा केही विधामा खेल गर्ने राखेपको निर्णय अनुसार बुद्धिचाल प्रतियोगिता गोरखामा भएको हो । गोरखा क्याम्पसको हलमा असोज २७ गतेबाट शुरु भएको प्रतियोगिता बुधवार सकिएको हो ।

 

प्रतिकृया दिनुहोस

अजिरकोट भलिवल कपको उपाधि साविकको विजेता नमुनाको पोल्टामा

कात्तिक ३, गोरखा । तेस्रो अजिरकोट भलिवल कप २०८० को उपाधि साविकको विजेता नमुना युवा क्लब दमौली तनहुले जितेको छ। प्रतियोगितामा पहिलोपटक सहभागिता

सिम्जुङको गोगनपानी युवा क्लवले ‘तेस्रो अजिरकोट भलिवल कप २०८०’ गर्ने

असोज ५, गोरखा । अजिरकोट गाऊँपालिका ४ सिम्जुङको गोगनपानी युवा क्लबको आयोजनामा तेस्रो अजिरकोट भलिबल कप २०८० हुने भएको छ । पछिल्लो दुई संस्करण दशै कप

सिरानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिलाको पोल्टामा

माघ ६, गोरखा ।  गोरखाको सिरानचोक गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिला मावि हर्मीले जितेको छ । ९ स्वर्ण, ८ रजत र ३