नवौं राष्ट्रिय खेलकुद : गोरखामा जारी बुद्धिचालको ब्लिट्ज राउण्डमा आर्मीका लोहनी र जयसवाललाई स्वर्ण

कात्तिक १, गोरखा ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गोरखामा भैरहेको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्लवकी सुजना लोहनीले दोस्रो स्वर्ण पदक जितेकी छन् । मंगलवार भएको ब्लिट्ज राउण्डको महिलातर्फको नौ वटै खेलमा अपराजित रहँदै उनले स्वर्ण पदक जितेकी हुन् ।

यसअघि सोमवार सकिएको क्लासिकल राउण्डको महिलातर्फ पनि लोहनीले स्वर्ण पदक प्राप्त गरेकी थिइन् । यस्तै नेपाल पुलिस क्लवकी पूर्णिमा गुरुङले रजत तथा त्रिभुवन आर्मीकी सिन्दिरा जोशीले कास्य पदक जितेका छन् ।

ब्लिट्ज राउण्डको खुलातर्फ पनि त्रिभुवन आर्मी क्लवकै रुपेश जयसवालले स्वर्ण पदक जितेका छन् । सो स्पर्धामा नेपाल पुलिस क्लवका क्षितिज भण्डारीले रजत र त्रिभुवन आर्मी क्लवका सजिन महर्जनले कास्य पदक जितेका छन् ।

मंगलवार र बुधवार ¥यापिड राउण्डका खेलहरु हुनेछन् । बुधवार ६ वटै विधाका स्वर्ण, रजत र कास्य पदक विजेताको टुंगो लाग्ने बुद्धिचाल प्रतियोगिताका  निर्णायकमध्येका एक दिपेश गिरीले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

अजिरकोट भलिवल कपको उपाधि साविकको विजेता नमुनाको पोल्टामा

कात्तिक ३, गोरखा । तेस्रो अजिरकोट भलिवल कप २०८० को उपाधि साविकको विजेता नमुना युवा क्लब दमौली तनहुले जितेको छ। प्रतियोगितामा पहिलोपटक सहभागिता

सिम्जुङको गोगनपानी युवा क्लवले ‘तेस्रो अजिरकोट भलिवल कप २०८०’ गर्ने

असोज ५, गोरखा । अजिरकोट गाऊँपालिका ४ सिम्जुङको गोगनपानी युवा क्लबको आयोजनामा तेस्रो अजिरकोट भलिबल कप २०८० हुने भएको छ । पछिल्लो दुई संस्करण दशै कप

सिरानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिलाको पोल्टामा

माघ ६, गोरखा ।  गोरखाको सिरानचोक गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिला मावि हर्मीले जितेको छ । ९ स्वर्ण, ८ रजत र ३