नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : गोरखामा जारी बुद्धिचालमा आशिष र सुजनाको अग्रता

असोज ३०, गोरखा ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगिता खुल्लातर्फ आशिष फुयाँल र महिलातर्फ सुजना लोहनीले अग्रता लिएका छन् ।

आइतवार दिउँसोसम्म क्लासिकल राउण्डका ६ खेल सकिँदा खुल्लातर्फ गैर आवासीय नेपाली संघका फुयाँलले ५ जीत र १ बराबरी सहित ५ दशमलव ५ अंक जोड्नुभएको छ । उहाँलाई ४ दशमलव ५ अंक सहित नेपाल पुलिस क्लवका क्षितिज भण्डारीले पच्छ्याइरहनु भएको छ ।

यस्तै ४ दशमलव ५ अंकनै जोडेका त्रिभुवन आर्मी क्लवका रुपेश जयसवाल, गैर आवासीय नेपाल संघका कृष्ण थापा र वागमती प्रदेशका निकेन कुशाता क्रमशः तेस्रो, चौंथो र पाँचौं स्थानमा हुनुहुन्छ ।

महिलातर्फ ६ खेलमै अपराजित रहँदै त्रिभुवन आर्मी क्लवकी सुजना लोहनीले ६ अंक प्राप्त गर्नुभएको छ । त्रिभुवन आर्मीकै सिन्दिरा जोशीले ५ जीत र १ हार सहित ५ अंकका साथ सुजनालाई पच्छ्याइरहनु भएको छ ।

गण्डकी प्रदेशकी पूजा भण्डारी ४ दशमलव ५ अंक सहित तेस्रो स्थानमा हुनुहुन्छ भने ४÷४ अंक जोडेका प्रदेश १ का क्रिष्टिना अधिकारी र खुश्बु थापा चौंथो र पाँचौं स्थानमा रहनुभएको छ ।

गोरखा क्याम्पसमा भैरहेको बुद्धिचाल अन्तर्गत क्लासिकल राउण्डका ३ चरणाक खेल हुन बाँकी रहेको छ । त्यसपछि ¥यापिड र ब्लिज राउण्डका खेल हुने प्रतियोगिताका निर्णायकमध्येका एक दिपेश गिरीले बताउनुभयो ।

प्रतियोगितामा ७ प्रदेश सहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र गैर आवासीय नेपाल संघ गरि ११ टीमका खेलाडी सहभागी छन् । ब्लिज राउण्डको खेलसँगै विजेताको टुंगो लाग्ने प्रतियोगिताका मुख्य निर्णायक यासिर खम्बुले बताउनुभयो । 

६ विधाको १८ पदकको छिनोफानो कात्तिक २ गते हुने उहाँले जानकारी दिनुभयो । क्लासिकल, ¥यापिड र ब्लिज अन्तर्गत महिला र पुरुष दुबै खेलाडीको सहभागीता रहने गरि ३ विधाका खेल हुनेछन् भने पुरुषतर्फ थप ३ विधाका खेल हुने प्रतियोगिताका मुख्य निर्णायक यासिर खम्बुले बताउनुभयो ।

तीन विधामा ६ स्वर्ण, ६ रजत र ६ कास्य पदक विजेता छनौट हुने उहाँले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस

अजिरकोट भलिवल कपको उपाधि साविकको विजेता नमुनाको पोल्टामा

कात्तिक ३, गोरखा । तेस्रो अजिरकोट भलिवल कप २०८० को उपाधि साविकको विजेता नमुना युवा क्लब दमौली तनहुले जितेको छ। प्रतियोगितामा पहिलोपटक सहभागिता

सिम्जुङको गोगनपानी युवा क्लवले ‘तेस्रो अजिरकोट भलिवल कप २०८०’ गर्ने

असोज ५, गोरखा । अजिरकोट गाऊँपालिका ४ सिम्जुङको गोगनपानी युवा क्लबको आयोजनामा तेस्रो अजिरकोट भलिबल कप २०८० हुने भएको छ । पछिल्लो दुई संस्करण दशै कप

सिरानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिलाको पोल्टामा

माघ ६, गोरखा ।  गोरखाको सिरानचोक गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिला मावि हर्मीले जितेको छ । ९ स्वर्ण, ८ रजत र ३