नवौं राष्ट्रिय खेलकुद : बुद्धिचाल प्रतियोगिता गोरखामा शुरु

असोज २७, गोरखा ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गोरखामा बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले बुद्धिचालको गोटी चालेर बिहीबार उद्घाटन गर्नुभयो ।

गोरखा क्याम्पसको सभाहलमा हुने प्रतियोगितामा ७ प्रदेश सहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र गैर आवासीय नेपाल संघ गरि ११ टीमका खेलाडी सहभागी छन् । एउटा टीमबाट ३ पुरुष र ३ महिलाका दरले ६६ जना खेलाडीले प्रतियोगितामा भाग लिएका प्रतियोगिताका मुख्य निर्णायक यासिर खम्बुले बताउनुभयो ।

प्रतियोगिता अन्तर्गत स्विस लिग सिष्टमबाट ९ राउण्डको खेल हुने उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा ९ राउण्डको क्लासिकल खेल हुनेछ भने त्यसपछि ¥यापिड राउण्ड शुरु हुनेछ । अन्त्यमा ब्लिज खेलसँगै विजेताको टुंगो लाग्ने बुद्धिचालका अर्का अन्तर्राष्ट्रिय निर्णायक महेश्वर डंगोलले बताउनुभयो ।

‘क्लासिकल राउण्डका लागि ९० मिनेट र अतिरिक्त ३० सेकेण्डको समय निर्धारण गरिएको छ, ¥यापिड १५ मिनेट र अतिरिक्त १० सेकेण्डको हुन्छ भने ब्लिज राउण्डका लागि ३ मिनेट र अतिरिक्त २ सेकेण्डको समय छुट्याइएको छ’ डंगोलले बताउनुभयो ।

क्लासिकल राउण्डका लागि ५ दिन, ¥यापिडका लागि २ दिन र ब्लिज राउण्डका लागि १ दिनको समय छुट्याइएको छ । ६ विधाको १८ पदकको छिनोफानो कात्तिक २ गते हुने उहाँले जानकारी दिनुभयो ।

क्लासिकल, ¥यापिड र ब्लिज अन्तर्गत महिला र पुरुष दुबै खेलाडीको सहभागीता रहने गरि ३ विधाका खेल हुनेछन् भने पुरुषतर्फ थप ३ विधाका खेल हुने प्रतियोगिताका मुख्य निर्णायक यासिर खम्बुले बताउनुभयो ।

तीन विधामा ६ स्वर्ण, ६ रजत र ६ कास्य पदक विजेता छनौट हुने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा ११ टीमका ६६ खेलाडी सहित ११ जना निर्णायक र टीम ब्यवस्थापक लगायतको सहभागीता रहेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका धेरैजसो खेल पोखरामा हुनेछ ।

गण्डकी प्रदेशका अन्य जिल्लामा पनि केही विधाका प्रतियोगिता सञ्चालन गर्ने राष्ट्रिय खेलकुद परिषदको निर्णय अनुसार बुद्धिचाल प्रतियोगिता गोरखामा भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिं बस्नेतले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

अजिरकोट भलिवल कपको उपाधि साविकको विजेता नमुनाको पोल्टामा

कात्तिक ३, गोरखा । तेस्रो अजिरकोट भलिवल कप २०८० को उपाधि साविकको विजेता नमुना युवा क्लब दमौली तनहुले जितेको छ। प्रतियोगितामा पहिलोपटक सहभागिता

सिम्जुङको गोगनपानी युवा क्लवले ‘तेस्रो अजिरकोट भलिवल कप २०८०’ गर्ने

असोज ५, गोरखा । अजिरकोट गाऊँपालिका ४ सिम्जुङको गोगनपानी युवा क्लबको आयोजनामा तेस्रो अजिरकोट भलिबल कप २०८० हुने भएको छ । पछिल्लो दुई संस्करण दशै कप

सिरानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिलाको पोल्टामा

माघ ६, गोरखा ।  गोरखाको सिरानचोक गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिला मावि हर्मीले जितेको छ । ९ स्वर्ण, ८ रजत र ३