दोस्रो दशैँ भलिबलको उपाधि दमौलीको पोल्टामा


असोज १८, गोरखा । गोरखाको अजिरकोट गाउँपालिका वडा नं ४ गोगनपानीमा दोस्रो दशैँ भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

गोगनपानी युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा नमूना युवा क्लब ब्यास ६ दमौली विजेता भएको छ । प्रतियोगितामा गोगनपानी युवा क्लब उपबिजेतामा सिमित रहयो । भलिबल प्रतियोगितामा प्रथम टिमले  नगद २५ हजारसहित मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमले नगद १५ हजार मेडल र प्रमाण पत्र पाएका छन् । 

सर्बोत्कृष्ट खेलाडीका रुपमा नमुना युवा क्लबका इश्वर सुनारले नगद २५०० साथमा ट्रफि प्राप्त गर्नुभयो ।

क्लबका अध्यक्ष धनराज गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि अजिरकोट गाउँपालिकाका उपाध्यक्ष अनिता भुजेल, बिशेष अतिथि अजिरकोट गाउँपालिका वडा न ४ का वडा सदस्य गोपी माया गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त  गर्नु भएको थियो ।

प्रतियोगितामा तनहु, लमजुङ र गोरखाका  १५ टिमको सहभागिता रहेको थियो । 
‘गोगनपानी युवा क्लवको शान, समग्र अजिरकोट गाउँपालिकाको खेलकुद क्षेत्रको विकास गराउने हाम्रो अभियान’ भन्ने नारा सहित असोज १४ गतेदेखी १६ गतेसम्म प्रतियोगिता भएको  क्लवका वरिष्ठ सल्लाहकार मोहन गुरुङले बताउनुभयो । 
  

   भलिबल नेपालको राष्ट्रिय खेल भएपनि यो खेल सम्बन्धी गतिविधि कम भएकाले भलिबल प्रतियोगिताको आयोजना गरी स्थानीय स्तरमा खेलाडी उत्पादन तथा खेलकुद क्षेत्रको विकास गर्नका लागि यो प्रतियोगिता गरेको गोगनपानी युवा क्लवले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

अजिरकोट भलिवल कपको उपाधि साविकको विजेता नमुनाको पोल्टामा

कात्तिक ३, गोरखा । तेस्रो अजिरकोट भलिवल कप २०८० को उपाधि साविकको विजेता नमुना युवा क्लब दमौली तनहुले जितेको छ। प्रतियोगितामा पहिलोपटक सहभागिता

सिम्जुङको गोगनपानी युवा क्लवले ‘तेस्रो अजिरकोट भलिवल कप २०८०’ गर्ने

असोज ५, गोरखा । अजिरकोट गाऊँपालिका ४ सिम्जुङको गोगनपानी युवा क्लबको आयोजनामा तेस्रो अजिरकोट भलिबल कप २०८० हुने भएको छ । पछिल्लो दुई संस्करण दशै कप

सिरानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिलाको पोल्टामा

माघ ६, गोरखा ।  गोरखाको सिरानचोक गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिला मावि हर्मीले जितेको छ । ९ स्वर्ण, ८ रजत र ३