जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष बस्नेतको पुनर्वहाली

असोज १, गोरखा ।

गोरखा सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाका खेलकुद विकास समितिका अध्यक्षको पुनर्वहाली भएको छ । उच्च अदालत पोखराले प्रदेश सरकार र युवा तथा खेलकुद मन्त्रालयको नाममा परामादेश जारी गर्दै पदमुक्त गरिएका अध्यक्षहरुलाई हाजिरी गराई काम गर्न दिनू भनेको हो ।

उच्च अदालत पोखराले गण्डकीका ११ जिल्लाका जिल्ला खेलकुद विकास समितिका अध्यक्षलाई हटाउने गण्डकी प्रदेश मन्त्रिपरिषद्को निर्णय बदर गरेको हो ।

न्यायाधीश ऋषि राजभण्डारी र उज्ज्वल शुक्लको संयुक्त इजलासले जिल्ला खेलकुद विकास समिति अध्यक्ष हटाउने प्रदेश मन्त्रिपरिषद्को गत वैशाख ९ गतेको निर्णय बदर गर्ने फैसला गरेको हो । सोही अनुसार अन्य जिल्ला सहित जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तसिं बस्नेतको सोही पदमा पुनर्वहाली भएको छ ।

पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले उनीहरुलाई २०७७ फागुन ९ गते ४ वर्षका लागि नियुक्त गरेको थियो । तर वर्तमान सरकारले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

त्यसका विरुद्ध खेलकुद विकास समितिका अध्यक्षहरुले छुट्टाछुट्टै मितिमा उच्च अदालतमा उत्प्रेषणयुक्त परमादेश रीट दायर गरेका थिए । उच्च अदालतले गत जेठ ६ गते सो निर्णयको कार्यान्वयन नगरि यथास्थितिमा राख्नु भनी विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

उच्च अदालत पोखराले मंगलवार आदेश जारी गर्दै पदमुक्त गरिएकाहरुलाई पुनर्वहाली गरि काम गर्न दिन परमादेश जारी गरेको अदालतका उपरजिष्ट्रार एवम् सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस

अजिरकोट भलिवल कपको उपाधि साविकको विजेता नमुनाको पोल्टामा

कात्तिक ३, गोरखा । तेस्रो अजिरकोट भलिवल कप २०८० को उपाधि साविकको विजेता नमुना युवा क्लब दमौली तनहुले जितेको छ। प्रतियोगितामा पहिलोपटक सहभागिता

सिम्जुङको गोगनपानी युवा क्लवले ‘तेस्रो अजिरकोट भलिवल कप २०८०’ गर्ने

असोज ५, गोरखा । अजिरकोट गाऊँपालिका ४ सिम्जुङको गोगनपानी युवा क्लबको आयोजनामा तेस्रो अजिरकोट भलिबल कप २०८० हुने भएको छ । पछिल्लो दुई संस्करण दशै कप

सिरानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिलाको पोल्टामा

माघ ६, गोरखा ।  गोरखाको सिरानचोक गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र लिला मावि हर्मीले जितेको छ । ९ स्वर्ण, ८ रजत र ३