गोरखा संग्रहालय थप आकर्षक बन्दै, पानीको फोहरा र ‘ब्युटी लाइट’ सञ्चालनको तयारी
साउन २१, गोरखा ।
गोरखा संग्रहालय परिसरमा रहेको पानीको फोहरा पुनः सञ्चालन गरिने भएको छ । लामो समयदेखि बन्द रहेको फोहरा मर्मत गरि सञ्चालन गर्न लागिएको हो ।
मर्मतको काम सकिएको बताउँदै संग्रहालय प्रमुख नवराज अधिकारीले अब त्यहाँ थ्रि फेज लाइन जोड्न बाँकी रहेको बताउनुभयो । फोहरा रहेको ठाऊँको निर्माण कम्पनी सनी निर्माण सेवाले ११ लाख ९५ हजार रुपैयाँ लागतमा मर्मत गरेको हो ।
विषेश पर्व, उत्सव र अवसरहरुमा फोहरा सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । यसले संग्रहालय परिसरको सुन्दरता बढ्नुका साथै पर्यटकलाई भुलाउन सकिने संग्रहालय प्रमुख अधिकारीले बताउनुभयो ।
यस्तै संग्रहालय भवनको छानो र बुइंगल मर्मत गरिएको छ । यसअघि छानोमा भएको प्राविधिक त्रुटीहरुलाई सच्याउने काम गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै संग्रहालय परिसरका लाइटहरु पनि मर्मत गरिदैछ ।
संग्रहालय परिसर र शालीक परिसरमा ६ शय मिटर बिजुलीको तार भूमीगत गरिएको छ । संग्रहालय भवन र पृथ्वीनारायण शाहको शालीकमा चारैतिरबाट प्रकाश दिएर आकर्षक बनाउने लक्ष्य अनुसार काम भैरहेको अधिकारीले जानकारी दिनुभयो ।
२०८० सालका चाडपर्व : दशैं एक महिना ढिलो
पुष १९, गोरखा । अब आउने दशैं अर्थात् २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ । पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा साउन एक
त्रिशूली नदीमाथि जीपलाइन सञ्चालनमा
चैत २५, गोरखा । गोरखाको मकैसिंङस्थित बुट्टारमा त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ। रिभर फनबीच रिसोर्ट बुट्टारले
लाप्राकमा सगरमाथा आरोही इमानसिं गुरुङको सालिक अनावरण
चैत ७, गोरखा । गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकको भूमेकाङ पाखामा राखिएको सगरमाथा आरोही इमानसिं गुरुङको शालिक अनावरण गरिएको छ । इमान स्मृती
प्रतिकृया दिनुहोस