त्रिशूली नदीमाथि जीपलाइन सञ्चालनमा


चैत २५, गोरखा ।   गोरखाको मकैसिंङस्थित बुट्टारमा त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ।

रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जीपलाइन व्यावसायिकरूपमा सञ्चालनमा ल्याएको हो।

गण्डकीका अध्यक्ष होमबहादुर राना मगर र इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले जीपलाइन उद्घाटन गरेका हुन्।

जीपलाइन सञ्चालन भएपछि आन्तरिक तथा बाह्य पर्यटक यसक्षेत्रमा बढ्ने विश्वास गाउँपालिकाले लिएको छ। जीपलाइनले दुई गाउँपालिका जोड्ने काम गरेको अध्यक्ष मगरले बताए।रिभर फन विच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शङ्कर अधिकारीका अनुसार जीपलाइन पाँच सय ५८ मिटर लामो छ।

इच्छाकामना–३ चुमखोलाबाट गोरखाको गण्डकी–१ बुट्टारमा रहेको रिभर फन बिच रिसोर्टमा ३५ देखि ४० सेकेन्डमै पुग्न सकिनेछ।

नेपालीलाई एक हजार र विदेशीलाई १५ डलर शुल्क तोकिएको छ।

जीपलाइन पृथ्वीराजमार्ग छेऊमा रहेकाले चितवन, पोखरा, बन्दीपुर, मनकामनालगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाइमा पर्ने अधिकारीले बताए।

प्रालिका कार्यकारी निर्देशक राजन सिंखडाले तीन करोड लगानीमा जीपलाइन निर्माण गरिएको बताए।

प्रतिकृया दिनुहोस

२०८० सालका चाडपर्व : दशैं एक महिना ढिलो

पुष १९, गोरखा । अब आउने दशैं अर्थात् २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ । पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा साउन एक

गोरखा संग्रहालय थप आकर्षक बन्दै, पानीको फोहरा र ‘ब्युटी लाइट’ सञ्चालनको तयारी

साउन २१, गोरखा । गोरखा संग्रहालय परिसरमा रहेको पानीको फोहरा पुनः सञ्चालन गरिने भएको छ । लामो समयदेखि बन्द रहेको फोहरा मर्मत गरि सञ्चालन गर्न लागिएको

लाप्राकमा सगरमाथा आरोही इमानसिं गुरुङको सालिक अनावरण

चैत ७, गोरखा । गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकको भूमेकाङ पाखामा राखिएको सगरमाथा आरोही इमानसिं गुरुङको शालिक अनावरण गरिएको छ । इमान स्मृती