२०८० सालका चाडपर्व : दशैं एक महिना ढिलो

पुष १९, गोरखा । अब आउने दशैं अर्थात् २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ । पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा साउन एक महिना मलमास परेकोले दशैं एक महिना पर सरेको हो ।  

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले आउँदो वर्षको साउनपछिका पर्व १९ दिनपछि परेको जानकारी दिँदै पात्रो तयारीको क्रममा रहेको र  निर्णय भएपछि सबै विषयमा जानकारी बताउनुभयो ।  समितिले करिब १५ संस्थालाई पात्रो छपाई गर्न स्वीकृत दिने तयारी गरेको छ ।

कार्यकारी निर्देशक ढुंगेलले केही दिनभित्र पात्रो बजारमा आउने जानकारी दिनुभयो । वि.सं. २०८० सालमा दशैंको पहिलो दिन घटस्थापना असोज २८ गते परेको छ । कार्तिक ४ गते फूलपाती, ५ गते महाअष्टमी, ६ गते महानवमी र ७ गते विजया दशमी परेको छ ।

त्यस्तै, कार्तिक ११ गते कोजाग्रत पूर्णिमा परेको समितिका एक पञ्चाङ्गकारले बताउनुभयो । अर्को पर्व तिहार कार्तिक २५ गतेबाट सुरू हुनेछ । २५ गते काग तिहार, २६ गते कुकुर तिहार र लक्ष्मीपूजा, २७ गते गाई तिहार , २८ गते म्हपूजा, नेपालसम्वत् र गोवर्धन पूजा र २९ गते भाइटीका परेको छ ।

समितिले तयार गरेको पात्रो गृह मन्त्रालयमा पठाइने छ । गृहले सार्वजनिक बिदाको निर्णय तयार गरेपछि मात्रै भित्तेपात्रो प्रकाशन हुनेछ । विदेशमा रहने नेपाली र अन्य निकायले तालिका सार्वजनिक गर्न आग्रह गरेपछि विगतभन्दा केही दिनअघि नै पात्रो तयार गर्न लागिएको हो ।
 

प्रतिकृया दिनुहोस

गोरखा संग्रहालय थप आकर्षक बन्दै, पानीको फोहरा र ‘ब्युटी लाइट’ सञ्चालनको तयारी

साउन २१, गोरखा । गोरखा संग्रहालय परिसरमा रहेको पानीको फोहरा पुनः सञ्चालन गरिने भएको छ । लामो समयदेखि बन्द रहेको फोहरा मर्मत गरि सञ्चालन गर्न लागिएको

त्रिशूली नदीमाथि जीपलाइन सञ्चालनमा

चैत २५, गोरखा ।   गोरखाको मकैसिंङस्थित बुट्टारमा त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ। रिभर फनबीच रिसोर्ट बुट्टारले

लाप्राकमा सगरमाथा आरोही इमानसिं गुरुङको सालिक अनावरण

चैत ७, गोरखा । गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकको भूमेकाङ पाखामा राखिएको सगरमाथा आरोही इमानसिं गुरुङको शालिक अनावरण गरिएको छ । इमान स्मृती