लाप्राकमा सगरमाथा आरोही इमानसिं गुरुङको सालिक अनावरण


चैत ७, गोरखा । गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकको भूमेकाङ पाखामा राखिएको सगरमाथा आरोही इमानसिं गुरुङको शालिक अनावरण गरिएको छ । इमान स्मृती पार्कमा रहेको शालिकको आइतबार एक कार्यक्रमका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेलले अनावरण गर्नुभएको हो । 

गण्डकी प्रदेशका पहिलो सगरमाथा आरोही लाप्राकका इमान गुरुङको सालिक  १२ लाख ५५ हजार रुपैयाँको लागतमा स्थापना गरिएको निर्माण समितिका संयोजक तुल्सिङ गुरुङले जानकारी दिनुभयो । 

ललितपुरका मूर्तिकार नरेन्द्रप्रसाद भण्डारीले ढलोटको सालिक निर्माण गर्नुभएको हो ।   मनास्लु फाउण्डेशनको अगुवाइमा धार्चे गाउँपालिका र नेपाल पर्वतारोहण संघको सहयोगमा पार्क तथा सालिक निर्माण गरिएको हो ।

इमान गुरुङबाट नै प्रेरीत भएर अहिले लाप्राकका धेरैले सगरमाथा आरोहण गर्नुका साथै पर्यटन क्षेत्रमा काम गरेका गुरुङले बताउनुभयो ।  इमान गुरुङको  सन् २००५ मा मनाङको कङ्गारु हिमाल आरोहणको क्रममा हिउँ पहिरोमा पुरिएर ज्यान गएको थियो । त्यसैले उहाँको स्मृतिमा पार्क  बनाईएको धार्चे गाउँपालिकाले जनाएको छ । 

पार्कभित्रै आरोही संग्रहालय पनि निर्माण गरिएको छ । सोही संग्रहालयको पनि उद्घाटन गरिएको छ ।  सोही अबसरमा भूकम्प पश्चात धार्चेको पूनर्निर्माणको अबस्था नामक पुस्तक पनि विमोचन गरिएको छ । गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न ब्यक्तिलाई सम्मान पनि गरिएको छ । 

प्रतिकृया दिनुहोस

२०८० सालका चाडपर्व : दशैं एक महिना ढिलो

पुष १९, गोरखा । अब आउने दशैं अर्थात् २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ । पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा साउन एक

गोरखा संग्रहालय थप आकर्षक बन्दै, पानीको फोहरा र ‘ब्युटी लाइट’ सञ्चालनको तयारी

साउन २१, गोरखा । गोरखा संग्रहालय परिसरमा रहेको पानीको फोहरा पुनः सञ्चालन गरिने भएको छ । लामो समयदेखि बन्द रहेको फोहरा मर्मत गरि सञ्चालन गर्न लागिएको

त्रिशूली नदीमाथि जीपलाइन सञ्चालनमा

चैत २५, गोरखा ।   गोरखाको मकैसिंङस्थित बुट्टारमा त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ। रिभर फनबीच रिसोर्ट बुट्टारले