गोरखाको गुम्दामा भदौ १ गतेदेखि आलु प्रदर्शनी मेला हुने

साउन १२, गोरखा ।

गोरखाको गुम्दामा भदौ १ गतेदेखि ५ गतेसम्म आलु महोत्सव हुने भएको छ । धार्चे गाऊँपालिका ५ को गुम्दा एकता युवा क्लवले खेलकुद प्रतियोगिता र साँस्कृतिक कार्यक्रम सहित आलु प्रदर्शनी मेला गर्न लागेको हो ।

मेलाका क्रममा जिल्ला स्तरीय अन्तर क्लव पुरुष र महिला भलिवल प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता र आलु खाने प्रतियोगिता सहित साँस्कृतिक कार्यक्रम हुने क्लवले जनाएको छ ।

धार्चे गाऊँपालिकाको गुम्दा सहित लाप्राक, लापु क्षेत्रलाई आलु उत्पादनको पकेट क्षेत्रका रुपमा विकास गर्न खोजिएको छ । तर आलुमा लाग्ने ऐंजेरु रोगका कारण पकेट क्षेत्र प्रवद्र्धन कार्यक्रम प्रभावकारी हुन सकेको छैन । सोही रोगका कारण आलु उत्पादन वर्षेनी घट्दै जान थालेको स्थानीय किसानहरु बताउँछन् ।

धार्चेका सबैजसो वडाको आलु खेती हुने क्षेत्रमा ऐंजेरु रोगको संक्रमण देखिएको छ । रोगका साथै युवा पुस्ताले कृषिमा रुचि नराख्दा आलु उत्पादनमा ह्रास आएको गाऊँपालिकाको कृषि शाखाले जनाएको छ ।

ऐजेरु रोग लागि सकेपछि यसका जिवाणु माटोमा आलुबाली बिना पनि १५ देखि २० वर्षसम्म बाँच्न सक्ने प्राविधिकहरु बताउँछन् ।  यो रोग लागेको जरा बाहेक डाँठ, त्यान्द्रा, दाना तथा पातमा सेता खटिरा जस्ता लक्षण देखापरी त्यसको अनावश्यक वृद्धि हुन्छ र काउलीको फुल जस्तो आकारमा देखा पर्दछ ।

त्यस्तो आलु पछि कालो हुदै जान्छ र कुहिन्छ । त्यसैले धार्चेका किसानहरुलाई ऐंजेरु रोग अवरोधक डेजीरे, जनकदेव, कुफ्रिज्योती, कार्डिनल, एन.पि.आई. १०६ लगायतका आलुका जात  लगाउन सिफारिस गरिएको कृषि प्राविधिकहरुले बताएका छन् ।

आलु बालीविज्ञहरुले भने रोग देखिएको क्षेत्रमा बाली चक्र अपनाएर २ देखि ४ वर्षपछि मात्रै रोप्ने, रोगी माटोमा फलाइएको आलुको बीउको प्रयोग नगर्ने र त्यस्ता ठाउँमा बीउ आलु उत्पादन बन्द गर्न सुझाव दिँदै आएका छन् ।

 

प्रतिकृया दिनुहोस

गोरखाको सिडिओमा सहसचिव दिनेशकुमार भुषाल तोकिए

माघ १९, गोरखा । गृह मन्त्रालयले गोरखाको प्रमुख जिल्ला अधिकारीको रुपमा सहसचिव दिनेश सागर भुषाललाई पठाउने निर्णय गरेको छ । बिहीबारको

पालुङटार नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड अमरज्योती जनता माविलाई

माघ १०, गोरखा । पालुङटार नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि अमरज्योती जनता माविले जितेको छ । ११ स्वर्ण, ४ रजत र २ कास्य गरि कुल १७ पदक सहित

आगामी निर्वाचनका लागि गोरखामा २ लाख २० हजार ६३७ मतदाता कायम (कुन क्षेत्रमा कति ?)

असोज २, गोरखा । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि गोरखामा २ लाख २० हजार ६३७ मतदाता संख्या कायम भएको छ । निर्वाचन आयोगले