आईसीटी अवार्डका लागि सरकारले माग्यो आवेदन

वैशाख २, काठमाडौँ — सूचना तथा सञ्चार प्रविधि पुरस्कार-२०२२ का लागि आवेदन दिन आग्रह गर्दै सरकारले शुक्रबार सूचना प्रकाशित गरेको छ ।

यस क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाले आवदेन भर्न सक्ने छन् ।

हरेक वर्ष मे २ मा मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईसीटी अवार्ड प्रदान गर्दै आएको छ ।

मन्त्रालयले नेसनल आईसीटी एक्सिलेन्स, नेसनल आईसीटी एक्सिलेन्स (महिला), नेसनल आईसीटी इन्नोभेसन, नेसनल आईसीटी (सार्वजनिक क्षेत्र), नेसनल आईसीटी (निजी क्षेत्र) विधामा अवार्ड दिने सूचनामा उल्लेख छ । आवेदकले सञ्चार मन्त्रालय वा सूचना प्रविधि विभागमा रहेको फारमको ढाँचाअनुरुप विवरण भर्नुपर्ने छ ।

‘आवेदन फारम भरी वैशाख ८ गते बेलुका ५ बजेभित्र इमेलमार्फत् वा मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउनुपर्नेछ,’ सूचनामा भनिएको छ । आवेदन माग्नुको सट्टा योग्य व्यक्ति तथा संस्था पहिचान गरी सरकारले अवार्ड दिँदा उचित हुने सूचना प्रविधि क्षेत्रमा आवद्धहरूले बताउने गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

अनलिमिटेड डेटा र भ्वाइससहित नेपाल टेलिकमको नयाँ वर्ष अफर सार्वजनिक

काठमाडौं, चैत २८ -  नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ। नेपाल टेलिकमले अनलिमिटेड डेटा र भ्वाइससहितको नयाँ वर्ष अफर

नेपाल टेलिकमले ल्यायो आकर्षक ‘विन्टर अफर’

काठमाडौं । नेपाल टेलिकमले सोमबारदेखि लागु हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको

आज राष्ट्रिय विज्ञान दिवस

असोज १,  काठमाण्डाै - आज राष्ट्रिय विज्ञान दिवस, ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ भन्ने नाराका साथ मनाइँदै छ ।