नेपाल टेलिकमले ल्यायो आकर्षक ‘विन्टर अफर’

काठमाडौं । नेपाल टेलिकमले सोमबारदेखि लागु हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराको हो ।

अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ । पहिले २८ दिनका लागि रु. ५९९ मा लिन सकिने “सजिलो अनलिमिटेड प्रिपेड ५९९” मात्र उपलब्ध भइरहेकोमा अब “सजिलो अनलिमिटेड प्रिपेड ७९९”, “सजिलो अनलिमिटेड प्रिपेड ९९९” र “सजिलो अनलिमिटेड प्रिपेड १४९९” प्याक समेत उपलब्ध हुने भएको छ । यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायका सेवाहरु उपलब्ध गराइएको छ । डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरुको मुख्य विशेषता हो ।

सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने छ । यस अन्तर्गत रु. २९९ मा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने छ ।

यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने छ । पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने छन् । साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने वेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने छ ।

यी बाहेक पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई निरन्तरता दिइएको छ । अफर प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ३ डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ । कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको विन्टर अफर थप आकर्षक हुने विश्वास कम्पनीको रहेको छ ।

प्रतिकृया दिनुहोस

आईसीटी अवार्डका लागि सरकारले माग्यो आवेदन

वैशाख २, काठमाडौँ — सूचना तथा सञ्चार प्रविधि पुरस्कार-२०२२ का लागि आवेदन दिन आग्रह गर्दै सरकारले शुक्रबार सूचना प्रकाशित गरेको छ । यस क्षेत्रमा

अनलिमिटेड डेटा र भ्वाइससहित नेपाल टेलिकमको नयाँ वर्ष अफर सार्वजनिक

काठमाडौं, चैत २८ -  नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ। नेपाल टेलिकमले अनलिमिटेड डेटा र भ्वाइससहितको नयाँ वर्ष अफर

आज राष्ट्रिय विज्ञान दिवस

असोज १,  काठमाण्डाै - आज राष्ट्रिय विज्ञान दिवस, ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ भन्ने नाराका साथ मनाइँदै छ ।