अनलिमिटेड डेटा र भ्वाइससहित नेपाल टेलिकमको नयाँ वर्ष अफर सार्वजनिक

काठमाडौं, चैत २८ -  नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ। नेपाल टेलिकमले अनलिमिटेड डेटा र भ्वाइससहितको नयाँ वर्ष अफर सार्वजनिक गरेको हो। यो अफर चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ। 

अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डेटा र अन-नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ। 

त्यस्तै, ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डेटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिनेछ।*१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ। 

यसका साथै दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डेटा प्याक र पाँच सय रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जिबी डेटा प्याक पनि उपलब्ध गराइएको छ। 

प्रतिकृया दिनुहोस

आईसीटी अवार्डका लागि सरकारले माग्यो आवेदन

वैशाख २, काठमाडौँ — सूचना तथा सञ्चार प्रविधि पुरस्कार-२०२२ का लागि आवेदन दिन आग्रह गर्दै सरकारले शुक्रबार सूचना प्रकाशित गरेको छ । यस क्षेत्रमा

नेपाल टेलिकमले ल्यायो आकर्षक ‘विन्टर अफर’

काठमाडौं । नेपाल टेलिकमले सोमबारदेखि लागु हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको

आज राष्ट्रिय विज्ञान दिवस

असोज १,  काठमाण्डाै - आज राष्ट्रिय विज्ञान दिवस, ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ भन्ने नाराका साथ मनाइँदै छ ।