स्मृतिमा भोजराज काका (संस्मरण)

मधुकर खड्का
वारपाक सुलिकोट–५, हाल काठमाण्डौं ।

==========

२०६१ कार्तिक २४ गते साझ लोक बहादुर काका हाम्रो घर आए । अनुहार मलिन थियो भावभंगीमा आक्रोश  र छट्पटी ! सुलिकोटको डाडोमाथि कालो बादलका धब्बाहरु थिए । बाँसका झ्याङ्गमा सारकुटीको बिरह झ्याउ झ्याउ थियो। सायद सन्ध्याकालिन असुभ समाचारले उ रोईरहेको थियो आकाश रुन खोजिरहेको थियो ।

लोक बहादुर काकाले बा लाई भन्नुभो भोजराज भट्टलाई माओबादीले मारेछ्न ! बा निस्शब्द भुईमा थचक्क बस्नु भो १ दुईहातले पुन्पुरो समाउनु भो र लामो खुईया गर्नु भो । बा र लोक बहादुर काका निकैबेर निशब्द टोलाउनु भो ! आखिर भोजराजलाई मारेर कस्तो सत्ता ल्याउन खोजेका रैछ्न र ? बा आक्रोशित हुनु भो । त्यसयता बा ले माओवादीलाई बाचुन्जेल मन पराउनु भएन ।
........
भोजराज भट्ट २०१४ बैशाख १४ गते लाकुरीबोटको माटोमा जन्मिएका थिए, तीन भाइ छोराहरू मध्ये उनी माईला थिए । पारिवारिक आर्थिक अवस्था निकै कमजोर थियो । त्यही जिम्मेवारी पूरा गर्न उनी १६ बर्षे उमेरमा पढाइ छोडेर भारतको आसाममा रोजगारीको लागि प्रबास भासिए ।

प्रबासमा रहदा उनी कम्युनिस्ट बिचारबाट प्रभावित भए, तात्कालिक भुमिगत नेताहरूको संगत बाट उनी झन खारिदै गए । २०३१ सालमा जनताको मुक्ति को सपना सजाउदै उनी गोरखा(लमजुङ्ग सम्पर्क कमिटीको संगठित सदस्य भएर काम गरे । सो कमिटीमा उनले २०४१ साल सम्म काम गरे ।

भारत प्रबासबाट गाउँ फर्केपछि उनी राजनीति मै सक्रिय भए । लाकुरीबोटमा कम्युनिस्टको बीउ रोप्ने भोजराज भट्ट थिए । वाककलामा माहिर, सैद्धान्तिक बहसमा खरो उनी लाकुरीबोटमा उम्दा र उचो राजनितीज्ञ थिए । पार्टीको सैद्धान्तिक बहसमा विपक्षलाई पानी पनि भन्न नपाई पछार्न सक्ने क्षमता यिनमा थियो । गाउँलेको सुखदुःख सबैमा साथ दिने मिजासिला उनी कुसल संगठक पनि थिए ।

उनको यहि क्षमताको कारण २०३६ सालमा बहुदलको पक्षमा खुलेर प्रचार प्रसारमा लागे र १० बर्ष भुमिगत पार्टी काममा बिताए । बहुदल पश्चात् २०४९ सालमा नेकपा एमाले ईलाका नम्बर ९ को ईन्चार्ज र सचिव भए । त्यही समयमा मलाई हात समाउदै पार्टीको विभिन्न प्रशिक्षण कार्यक्रममा संगै लगेको याद आज पनि झल्झली आउँछ ।

पछिल्लो समय उनी एमाले जिल्ला कमिटी सदस्य थिए । उनकै सक्रियतामा लाकुरीबोट लगाएत नौ नम्बर ईलाकामा एमाले बलियो स्थितिमा थियो । उनी संगठन बनाउन मात्रै होइन त्याग गर्न पनि सक्थे । २०५४ को स्थानीय चुनावमा आफू भन्दा कनिष्ठ लाई गा.बि.स.अध्यक्षमा छोडेर आफू उपाध्यक्षमा उठेका थिए । त्यतिबेला झिनो मतान्तरले मात्रै उनले हारेका थिए । कुनै समय १३ भोट कम्युनिस्टलाई खसेको ठाउँमा काँग्रेस लाई उछुनेर वडा सिट संख्या जितेको थियो ।

सरल जीवन शैली र तार्किक क्षमताका कारण भोजराज मेरा लागि प्रीय थिए । सबैसँग मिल्ने । लवाई अति नै सरल थियो । फाटेको जागे टालेर लगाउने भान्छामा पाकेको ढिडो आटो पिठो मागेर खाने । सबैको उचो निचो ख्याल गर्ने उनी हाम्रा अबिभावक थिए ।

माओवादी भुमिगत कालमा उनिहरुका नेता कमान्डर सँग शैद्दान्तिक चकटी बहस गरेको धेरै पटक देखेको छु । खेतीकिसानी गरेर जीबिका चलाइरहेका उनी माओवादीको तारो किन बने ? यस्ता मान्छेलाई माओबादीले किन मारे यसको जबाफ मैले पाउन सकेको छैन ।

 भोजराज भट्टको हत्या पछि लाकुरीबोट स्तब्ध भयो । खासगरी एमालेले त्यसको क्षती परिपुर्ती गर्नसकेन । एमाले भएर साथ दिएकाहरु अहिले माओबादी भएका छ्न । नेतृत्वको अभावमा एमाले भोजराज भट्ट संगै बिलिन हुने अवस्थामा छ । उनको पारिबारिक उत्तराधिकारी स्वयम् छोराले जिम्बेवारीलाई बोक्ने आट गरेन । भतिज राजेन्द्रले काकाको बिरासदलाई ढल्न नदिने बताइरहदा लाकुरीबोट एमाले झन सिथिल सिथिल हुँदै गएको छ ।

 आज हामीले भोजराज भट्टलाई गुमाएको १७ बर्ष पूरा भएको छ । आततायी नरभंक्षी रत्तपिपासु जल्लादहरुको झुण्डले उनलाई गोली दागेको आजको दिन मेरा लागि चिर स्मरण रहिरहने छ । उनको रगतले भिजेको माटो त्यही माटोमा उम्रीएको उनको बिचार र सरलता उनको भौतिक शरीर नभए पनि हामी सम्झिरहने छौ र प्रश्न गरिरहने छौ, ओ ! माओबादी, भोजराजलाई मारेर के पायौ ? कस्को कस्तो सत्ता ल्यायौ ?
हार्दिक श्रद्धाञ्जली भोजराज काका ।

 

प्रतिकृया दिनुहोस

अरेली काँडा : च्वास्स घोच्छ तर गुणकारी पनि छ, उपयोगिताबारे जानौं

- रमेश थापामगर यस बर्षको तीज नेत्र अर्यालको शब्द (गीत), खेम सेञ्चुरीको संगीत/भाका र शान्तिश्री परियारको स्वरमा सिर्जित अरेली काँडैले मलाई च्वास्सै

अपेक्षा कांग्रेस नेतृत्वसँग

बिजय राज बिष्ट – नेपाली कांग्रेस चौधांै महाधिवेशनको संघारमा छ । यस अधिबेशनले गाउँ, नगर, जिल्ला र केन्द्रमा कस्तो नेतृत्व चयन हुने हो भन्ने आम चासोको

सार्बजनिक यातायात खुलाउने तयारीका साथ प्रधानमन्त्रीलाई गोरखाका यातायात ब्यवसायीको खुला पत्र

सम्माननिय प्रधानमन्त्री ज्यु, नमस्कार । म एउटै बिसयमा दोस्रो पटक पत्र लेख्दै छु।मुलुक एकपछी अर्को प्रहार ले आक्रान्त छ।निजि क्षेत्र त झनै