सार्बजनिक यातायात खुलाउने तयारीका साथ प्रधानमन्त्रीलाई गोरखाका यातायात ब्यवसायीको खुला पत्र

सम्माननिय प्रधानमन्त्री ज्यु, नमस्कार ।

म एउटै बिसयमा दोस्रो पटक पत्र लेख्दै छु।मुलुक एकपछी अर्को प्रहार ले आक्रान्त छ।निजि क्षेत्र त झनै धारासायी अबस्थामा पुगेको यहालाइ अबगत नै छ।बास्तबमा राज्य सत्ता संचालन मा निजि क्षेत्रको महत्त्वपूर्ण भुमिका रहन्छ भन्ने कुरा यहाँले कहिले स्विकार्नु हुन्छ?

आज दिन दुई गुणा रात चौगुणा निजि क्षेत्र को लगानी बालुमा मा पानी बनेको छ। सबै क्षेत्रका व्यावसायि पुर्ण रुपले आक्रान्त र बिछिप्त छन।यी र यस्ता अबस्थामा पुगेका क्षेत्र मा यहाको ध्यान कहिले पुग्ला?

सम्मानिय प्रधानमन्त्री ज्यु, निजि क्षेत्र भित्र पनि राज्यलाई आर्थिक रुपमा अरबौ को टेवा दिइरहेको क्षेत्र यातायात क्षेत्र हो र यसमा व्यावसायि को खरबौ लगानी छ यो क्षेत्र ले करिब ३० लाख जनता को रोजि रोटिको ग्यारेन्टी गरेको छ भनेर यहाले कहिले बुझ्ने?

अधिकाम्स ब्यबसायी बैंक को लोन ले आफ्नो ब्यबसाय संचालन गरिरहेका छन र यतिबेला चर्को ब्याजको सिकार बनेर राज्यलाइ कर बुझाइ देश का माथिल्ला तहका ठुला भनिएका मान्छेहरुलाइ पालिरहेका छन भनेर यहाँले कहिले बुझ्ने?

सबै क्षेत्र लाई प्राथमिकताका साथ हेरिन्छ तर यातायात क्षेत्र यहाँको प्राथमिकतामा कहिल्यै नपर्न को मुख्य कारण के होला? आज आम ब्यबसायी,मजदुर,लाभान्वित परिवार जान्न चाहान्छन।

राज्यले लगाएको निति,नियम र कानुन को परिधी भित्र रहि ब्यबसाय संचालन गर्दा व्यावसायिले बेहोर्ने क्षति मा राज्यको तर्फबाट सम्बोधन नहुनुले सम्बन्धित क्षेत्रका ब्यबसायी बिस्थापित हुनुको बिकल्प छैन।पहिलो लहरको कोभिड-१९ को लकडाउन मा पनि ब्यबसायीहरुले यसरिनै ठूलो क्षति बेहोर्नु पर्यो।

कयौं ब्यबसायिले सवारी साधन भित्रै आत्महत्या गरे,धेरै ब्यबासायी बिस्थापित हुनुपर्यो,कति ब्यबसायी बैक को दोहोरो मारले घरबार बिहिन हुने अबस्थामा पुगे तर पनि यहाँको कुनै ध्यान गएन झनै उल्टै हरेक महिना पेट्रोलियम पदार्थमा चर्को मूल्य वृद्धि भयो सायद त्यही थियो ब्यबासायी लाइ लगडाउनको बोनस।

बिस्तारै दु:ख पीडा झेल्दै विभिन्न आरोह अबरोह पार गर्दै बामे सरेको यातायात क्षेत्र फेरि पुर्ण रुपले थला परेको छ यहाँ को ध्यान यो क्षेत्र मा कहिले जान्छ?के यातायात व्यावसायि यहाँ को लागि ज्यानी दुश्मन नै हुन?होइन भने किन यो क्षेत्र लाई यति धेरै उपेक्षा गरियो?

चन्दा आतंक,बैंक को ब्याज आतंक,चक्का जाम,नेपालबन्द ,आम हड्दाल हुँदै कोभिड(निषेधाज्ञा) सम्म आइपुग्दा ब्यबसायी स्वरोजगार मजदुर,मजदुर र लाबान्बित परिवार सबै रोग ले भन्दा पनि भोक ले मार्ने स्थितिमा पुगेको अवस्था छ।यश विषयमा छिटो भन्दा छिटो यो क्षेत्रमा ध्यान पुगोस भन्ने अनुरोध म गोरखा जिल्ला बाट गरिरहेको छु।

राज्यले बन्द गरेको अबधिको सबारि साधनका ब्लुबुक,लाइसेन्स,परमिट र जाचपास को करहरु पनि मिनाह गरि बन्द अबधी लाई पुण त निस्तेज गरि सवारी कागजात रिन्यु प्रक्रिया को लागि यातायात मन्त्रालय र यातायात ब्यबस्था कार्यलय ब्यबस्था मिलाईदिनुहुन समेत समग्र ब्यबसायिको तर्फ बाट आग्रह गर्दछु।

साथै बन्द अबधिभरि को बैक ब्याज मिनाह गरिदिन पनि अनुरोध गर्दछु। केही बाहेक यो यातायात क्षेत्र गोल्छा,खेतान,चौधरी जस्ता धनाड्य बाट संचालित नभै निम्न बर्गका जनताले आफ्नो जनजिबिकाको निम्ति सन्चालन गरेको हुनाले यहाँको ध्यान निषेधाज्ञा अबधी भित्रको राहत प्याकेजमा समेत जाओस भन्ने आग्रह गर्न चाहान्छु।

साथै पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि सङ्गै भाडा समेत समायोजन को निम्ति निर्देशन दिनुहुन यहाँको ध्यान आकर्षण गर्दछु। चाइना,जापान ब्राजिल अमेरिका आदि देशमा पनि किभिड-१९ ले पुर्णत अड्डा जमायो त्यहाँको जनजीवन सामान्य भैससक्यो त्यहाँको हरेक मान्छे आफ्नो लयमा फर्किसक्यो।

राज्यले पनि आफ्नो जनताका निम्ति अबस्था अनुसारको योजना र नीति निर्माण गर्यो र सहजता भयो तर हाम्रो नेपालमा कर र बैकको ब्याज बुझाउ घर भितै सुतेर बस भन्ने नीति नै खराब भयो आज यस्तै खराब नितिको सिकार बन्न बाध्य भएको ब्यबसायिको तर्फबाट लेखिएको पत्र प्रेसित हुदैछ।

यो कहालिलाग्दो परिस्थिति बाट स्वास्थ मापदण्ड पुर्ण पालना गर्दै बाहिर निस्कन ढिला गर्नु भनेको राज्यको अर्थतन्त्र पुर्ण धारासायी बनाउदै देशलाई ५० औ बर्ष अधोगती तर्फ धकेल्ने मात्र हो ।त्यसैले ढिला नगरौ, समय भित्रै सोचौ भन्ने ब्यबसायिको सुझाब छ ।

अत: सम्मानिय प्रधानमन्त्री ज्यु, यातायात क्षेत्र अब यो भन्दा बढी बिछिप्त हुन सक्ने स्थितिमा छैन म गम्भीरता पुर्बक यो पत्र कोरिरहेको छु। हामी पुर्ण त स्वास्थ्य मापदण्ड पालना गर्दै भाडा समायोजन गरि एक सिटमा एक जना यात्रु राखेर २०७८ असार ८ गते बाट ब्यबसाय सन्चालन गर्नु पर्ने अबस्थामा पुगेका छौ।

हामीसङ्ग अर्को कुनै बिकल्प छैन, हामी ब्यबसायिको तर्फ बाट राज्यलाइ बुझाउन पर्ने हरेक दायित्व पुरागरेका छौ त्यसैले ब्यबसायि र मजदुरहरुको यो बाध्यात्मक अबस्थालाइ पुर्ण मध्यनजर गर्दै आबस्यक ब्यबस्था मिलाइ दिनुहुन यसै पत्र मार्फत बिनम्र अनुरोध गर्दछु।

अन्यथा ब्यबसायिका सफारी साधन राज्यले आफ्नो दायित्व भित्र राख्न प्रक्रिया अगाडि बढाउन पनि निबेदन गर्दछु।धन्यवाद ।

बिपिन चन्द्र ढकाल क्षेत्रीय सदस्य -पृथ्वी राजमार्ग गोरखा।

प्रतिकृया दिनुहोस

अरेली काँडा : च्वास्स घोच्छ तर गुणकारी पनि छ, उपयोगिताबारे जानौं

- रमेश थापामगर यस बर्षको तीज नेत्र अर्यालको शब्द (गीत), खेम सेञ्चुरीको संगीत/भाका र शान्तिश्री परियारको स्वरमा सिर्जित अरेली काँडैले मलाई च्वास्सै

स्मृतिमा भोजराज काका (संस्मरण)

मधुकर खड्का वारपाक सुलिकोट–५, हाल काठमाण्डौं । ========== २०६१ कार्तिक २४ गते साझ लोक बहादुर काका हाम्रो घर आए । अनुहार मलिन थियो भावभंगीमा आक्रोश  र

अपेक्षा कांग्रेस नेतृत्वसँग

बिजय राज बिष्ट – नेपाली कांग्रेस चौधांै महाधिवेशनको संघारमा छ । यस अधिबेशनले गाउँ, नगर, जिल्ला र केन्द्रमा कस्तो नेतृत्व चयन हुने हो भन्ने आम चासोको