अपेक्षा कांग्रेस नेतृत्वसँग


बिजय राज बिष्ट – नेपाली कांग्रेस चौधांै महाधिवेशनको संघारमा छ । यस अधिबेशनले गाउँ, नगर, जिल्ला र केन्द्रमा कस्तो नेतृत्व चयन हुने हो भन्ने आम चासोको बिषय छ । म कांग्रेसमा लागेर आफ्नो अभिभावक गुमाएको परिवारको सदस्य भएको नाताले झन् चासो र चिन्ता लाग्नु स्वभाविकै हो । बिगत केही बर्षहरुबाट नेपाली कांग्रेसमा सैद्धान्तिक बिचलन आएको पाएको छु ।

यदि कांग्रेस मात्रको कार्यकर्ताको आँखाले हेर्ने हो भने कांग्रेसमा बिचलन आयको प्रस्ट देख्न सकिन्छ । मेरो पिता स्व. भैर बराज बिष्ट गोरखा कांग्रेसको नेता हुनुहुन्थ्यो । उहाँको माओवादी आतंककारीबाट २०५८ पुष २२ गते हत्या भयो ।  हत्याको कारण थियो नेपाली कांग्रेस हुनु र कांग्रेसको आस्था छाड्न नमान्नु ।
यदि उनीहरुले जे भनेका थिए, सोही मानिदिएको भए न बुबाले ज्यान गुमाउन पर्ने थियो , न हामी अभिभाबक बिहिन नै बन्नु पर्ने थियो । यो पीडा, मेरो मात्र पीडा थिएन समग्र कांग्रेसको पीडा हुन पर्ने थियो । तर, बिडम्वना हाम्रो नेतृत्वले सो पीडा आत्मबोध गर्न नै सक्नु भएन ।

 बिगतका निर्बाचनमा कांग्रेसले चितवन र गोरखा लगायत केही जिल्लामा माओवादीका उम्मेद्वारलाई मत दिन उर्दि जारि भयो । उक्त समयमा माओवादीलाई मत दिन हुन्न ,कांग्रेसले रुखमा मात्र मत दिने हो भन्ने म जस्ता केही कांग्रेस जनलाई कांग्रेस नै होइन भन्ने जस्तो व्यवहार भयो । यो तालमेलमा पार्टीको निर्देशन नमानी  हसिया हतौडामा मत नदिने सक्कली कांग्रेस नै होइनन् भन्ने जस्तो व्यवहार देखियो र सोही भोगियो । कांग्रेस छोड्न सजिलो तर हसिया हतौडामा मत दिने कांग्रेस बनिन्न भन्थे र बनिएन पनि । आखिर गलत ब्यक्तीलाई बोक्दा, बिचार नमिल्नेहरु सँग तालमेल गर्दा के हुदाँे रहेछ भन्ने पुष्टि भै सक्यो पनि । 

माओवादी राष्ट्रियताको कुरा नि गर्छ र राष्ट्रिय संस्कृती प्रती घृणा पनि गर्छ । यो उसको कस्तो राष्ट्रियता ? मैले बुझेको उनिहरुको राष्ट्रियता काङ्ग्रेस नेतृत्वले बुझ्न सक्नुभएन या सत्ता स्बार्थमा उहाँको राष्ट्रियताको नक्कली नारामा अल्झिनु भयो । नेपालको नब निर्माण चाहेको जस्तो गर्ने तर नेपालिको मौलिकतालाई घृणा गर्ने यो उनिहरुको कस्तो राष्ट्रियता  बुझ्न कठिन लाग्यो । 

राष्ट्रियता कमजोर भयपछी मानबता कमजोर हुन्छ । जब मानबता कमजोर हुन्छ अनि उनका बादहरुका कुनै अर्थ रहन्न । राष्ट्रियता भनेर होईन व्यवहारमा देखाउन सक्नु पर्छ अनि मात्र नबनिर्माण हुने हो । जब सम्म देशमा कानुनी शासन हुदैन, अदालतमा राजनितिक भागबण्डा कायम रहिरहन्छ तबसम्म अपराधीको राज हुन्छ । अपराधीको राज भएको हेर्नपर्ने, उनैलाई मत मागेको ,मत दिन उर्दि भयको हेर्न पर्ने म कस्तो लोकतान्त्रिक दलको कार्यकर्ता हुँ भनेर बुझ्ने ? अपराध गरेर आएकाहरु सत्तामा पुग्नुमात्र लाई शान्ती प्रक्रिया पूरा भयो भनेर बोक्ने प्रथा रहेसम्म देशमा स्थिरता हुन्छ भन्ने मलाई लाग्दैन ।

 अब महाधिवेशनबाट गाउँ, नगर, जिल्ला, केन्द्रमा जो नै सभापति हुनुस्, नेतृत्वमा पुग्नुस् त्यो मतलब र चासोको कुरो लाग्दैन किनकी जो नै नेतृत्वमा आएनी कांग्रेस नै नेतृत्वमा आउने र कांग्रेसकै संगठन बनाउने न हो । तर अब आउने र चयन गरिने नेतृत्वले चाहिँ निम्न कुरा भुल्नु भनेको संगठन धरायसी बनाउनु हो । 
– पाटिमा ईमान्दार र निष्ठावान नेता,कार्यकर्ता हुनुहुन्छ । नेतृत्वको गलत निर्णयले उहाँ हरुले पार्टीबाट बिस्थापित हुन पर्ने दिन नआओस् । 

– धनवान र डनवानको राज हुदा निष्ठावान नेता कार्यकर्ता पलायन हुदैछन् । नेतृत्व तहले ध्यान दिन जरुरी छ । 

–अपराध र अपराधीलाई आफू अनुकुल व्याख्या गर्ने र बोक्ने प्रथा छ त्यो तोडिनु आबश्यक छ । लोकतान्त्रिक दलले सत्ता बाहिर हुँदा अपराध देख्ने, सत्तामा हुँदा बोक्ने प्रथा तोडिनु आबश्यक छ । लोकतन्त्र मान्नेले हतियारको राजनीति, हत्याहिंसा लाई राजनीति भन्दैन,यो बुझ्न जरुरी छ । 

–नीति, विधि र पद्धती अनुसार पाटी चल्नु पर्दछ । सम्बन्धित बिभाग लगायत अन्य निकाय हरुमा मनोनयन गर्दा खल्तिका होइनन् योग्य ब्यक्ती जिल्ला पार्टी नेतृत्वको संयोजनमा निर्धारित समय सिमा भित्र नै हुन जरुरी छ । 

– महत्वपुर्ण निर्णय लिदा केन्द्रिय समितीको बैठक बोलाउने र निर्णय लिने गर्दा बल्ल पाटी नियमानुसार चल्ने थियो । पाटी भित्र बहुमत या अल्पमत को आधारमा होइन सहि र गलत छुट्टाउन सक्नु पर्छ । ताकी पाटीको उक्त निर्णयले भोलि संगठनलाई दुरगामी असर नगरोस ,यस्तो सोच्न सक्ने नेतृत्व चयन होस् ।

 – चुनाबी तालमेल गर्न नै परेमा बिचार मिल्ने समूह सङ हुनपर्छ । बिचार नमिल्ने समूह लाई बोक्ने गर्दा क्षणिक जित भयनि उक्त जित टिकाउ हुन्न भन्ने नेतृत्वले बुझ्न जरुरि छ । 

– माओवादी हिंस्रक युद्धमा हजारौ कांग्रेस नेता तथा कार्यकर्ता मारिए । उहाँहरु लाई न्याय प्रदान गरेर अपराधी लाई राष्ट्रीय तथा अन्तर्राष्ट्रिय कानुन अनुसार कार्बाही गर्न पहल गर्न सक्नु पर्छ । क्षणिक स्बार्थको लागि बिचार नमिल्ने ,निष्ठा नमिल्नेहरु लाई मत दिन उर्दि गर्ने जस्तो कार्य फेरि पनि दोहोरिने हो भने कांग्रेस कार्यकर्ता मा बिचलन आउँछ र निराशा छाउछ नेतृत्वले बिचार गर्न पर्ने देखिन्छ । 

होइन यति गर्न सकिन्न फेरि पनि देउबा ,पौडेल र सिटौला काङ्ग्रेस भनेर लाग्ने हो भने उहाँ हरु त रहनुहोला ,उहाँ का आसेपासे ,भजन मन्डलि र जि हजुरी लाउने हरु रहलान तर जो कांग्रेस मात्रका कार्यकर्ता छन् । उहाँहरु अट्न सक्ने कांग्रेस बन्ला भन्ने मलाई लाग्दैन । साच्चै कांग्रेस भित्र कांग्रेसी अट्न सक्ने कांग्रेस बनाउने हो भने ईमान र निष्ठाले हार्दैन । ईमान र निष्ठाले जित्ने नेतृत्व चयन होस् ,तब मात्र कांग्रेस सबैलाई जोड्ने सबै अट्ने बन्छ । होइन भने उक्त नारा नारामै सिमित नहोला भन्न सकिन्न । जय नेपाल ।

 ( बिष्ट नेपाली कांग्रेस भरतपुर  १० चितबनका क्षेत्रिय प्रतिनिधी हुन् । )
 

प्रतिकृया दिनुहोस

अरेली काँडा : च्वास्स घोच्छ तर गुणकारी पनि छ, उपयोगिताबारे जानौं

- रमेश थापामगर यस बर्षको तीज नेत्र अर्यालको शब्द (गीत), खेम सेञ्चुरीको संगीत/भाका र शान्तिश्री परियारको स्वरमा सिर्जित अरेली काँडैले मलाई च्वास्सै

स्मृतिमा भोजराज काका (संस्मरण)

मधुकर खड्का वारपाक सुलिकोट–५, हाल काठमाण्डौं । ========== २०६१ कार्तिक २४ गते साझ लोक बहादुर काका हाम्रो घर आए । अनुहार मलिन थियो भावभंगीमा आक्रोश  र

सार्बजनिक यातायात खुलाउने तयारीका साथ प्रधानमन्त्रीलाई गोरखाका यातायात ब्यवसायीको खुला पत्र

सम्माननिय प्रधानमन्त्री ज्यु, नमस्कार । म एउटै बिसयमा दोस्रो पटक पत्र लेख्दै छु।मुलुक एकपछी अर्को प्रहार ले आक्रान्त छ।निजि क्षेत्र त झनै