नारायणगढ–मुग्लिन सडक आजदेखि एक महिनासम्म दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द

माघ ५,  काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ ।

गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम हुने गरेको थियो ।

आजदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन सडक बन्द गर्न लागिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले गाडी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताउनुभयो । 

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार गाडी रोकेर काम गर्दा निर्माणकार्य प्रभावकारी भएको छ ।

निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । यसअघि भएको निर्णय अनुसार हिजो ४ गते ३० दिन पुगेको थियो । पुसको ३० गते र माघको १ गते माघे संक्रान्तिका कारण सडक बन्द गरिएको थिएन ।

हिजोसम्म सडक दिउँसो  समयमा बन्द हुने भनिए पनि भित्तो काट्ने नसकिँदा फेरि एक महिना थप गरिएको हो  । 

प्रतिकृया दिनुहोस

अयोग्य लडाकुलाई २ लाख दिने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

जेठ २, गोरखा । सर्वोच्च अदालतले अयोग्य लडाकुलाई जनही दुई लाख रुपैयाँ दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको

यसवर्षको एसईई चैत १७ गतेदेखि २९ गतेसम्म (तालिकासहित)

माघ १४, गोरखा । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक

रवि लामिछानेको सांसद पद खारेज

माघ १३, गोरखा । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन