अयोग्य लडाकुलाई २ लाख दिने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

जेठ २, गोरखा ।

सर्वोच्च अदालतले अयोग्य लडाकुलाई जनही दुई लाख रुपैयाँ दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । ज्ञानेन्द्र आरणसहितको रिट निवेदनमा आज मङ्गलवार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यस्तै सर्वोच्चले सरकारलाई कारण देखाऊ आदेश दिँदै रिट निवेदक र सरकारी पक्षलाई सुनुवाइका लागि जेठ ८ गते बोलाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा सरकारबाट बाहिरिएपछि १६ वटा मन्त्रालय आफैँले सम्हालेका बेला मन्त्रिपरिषदबाट माओवादी सशस्त्र आन्दोलनका अयोग्य लडाकुलाई जनही दुई लाख रुपैयाँ दिने निर्णय गराउनुभएको थियो ।

प्रतिकृया दिनुहोस

यसवर्षको एसईई चैत १७ गतेदेखि २९ गतेसम्म (तालिकासहित)

माघ १४, गोरखा । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक

रवि लामिछानेको सांसद पद खारेज

माघ १३, गोरखा । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन

मौसम बदली : पश्चिम नेपालमा हिमपातसँगै वर्षा हुने सम्भावना

५ माघ, काठमाडौं । मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको हो । खासगरी आज पश्चिम नेपालको सुदूरपश्चिम