मावि तहको शिक्षकका लागि ६८६ पदमा विज्ञापन खुल्ला

२५ पुस, काठमाडौं। शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक विज्ञापन खुला गरेको छ ।

चालू शैक्षिक सत्रका लागि आयोग ६८६ पदमा खुला प्रतियोगितात्मक विज्ञापन आह्वान गरेको हो ।

आयोगका अनुसार नेपाली विषयको लागि १११ रिक्त पदमा, अंग्रेजी विषयको लागि ८४ रिक्त पदमा, गणित विषयको लागि २०८ रिक्त पदमा, विज्ञान विषयको लागि १९१ रिक्त पदमा, सामाजिक अध्ययन विषयको लागि ५४ पदमा, अर्थशास्त्र विषयको लागि ८ पदमा, कार्यालय सञ्चालन तथा लेखा विषयको लागि १५ पदमा विज्ञापन खुलाएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा शिक्षा विषयको लागि एक, मधेश प्रदेशमा स्वास्थ्य विषयको लागि एक, शुक्लयजुर्वेद विषयको लागि एक, गण्डकी प्रदेशमा कम्युटर विज्ञान विषयको लागि एक र लुम्बिनी प्रदेशमा संस्कृत साहित्यको लागि एक रिक्त दरबन्दीमा विज्ञापन खुलाएको छ भने संस्कृत व्याकरणको लागि ३ वटा पदमा संस्कृत भाषाको लागि ७ पदमा विज्ञापन खुलाएको आयोगले जनाएको छ ।

आयोगका अनुसार इच्छुक उम्मेदवारले माघ २४ गतेसम्म नियमित दस्तुरमा र फागुन दुई गतेसम्म दोब्बर दस्तुर बुझाएर अनलाइन फारम भर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस

यसवर्षको एसईई चैत १७ गतेदेखि २९ गतेसम्म (तालिकासहित)

माघ १४, गोरखा । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक

निमावि तहमा ६४७ पदमा शिक्षक छनौट नै हुन सकेन‍न्

१९ पुस, गोरखा । शिक्षक सेवा आयोगले निमावि तहको तृतीय श्रेणी शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ । आयोगले बिहीबार शिक्षा तथा मानव स्रोत

कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता, नतिजा साउन मसान्तभित्र हुने

२५ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता र नतिजा साउन मसान्तभित्र हुने