बोतल र जारको पानीको मूल्य घट्याे
असोज २६, काठमाण्डाै – सरकारले जार र बोतलमा बिक्री हुने पानीको मूल्य घटाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना निकालेर पानीको नयाँ मूल्य तोकेको हो ।
नयाँ मूल्यअनुसार अब उपभोक्ताले अहिले बजारमा बिक्री भइरहेको भन्दा सस्तोमा जार र मिनिरल वाटर किन्न पाउने छ्न् । विभागले तोकेको नयाँ मूल्यअनुसार काठमाण्डौ उपत्यकामा एक लिटरको बोतलमा भरिएका पानीलाई बढीमा १६ रुपैयाँमात्रै लिन पाइने छ । यस्तै २० लिटरको जारको पानीलाई ४७ रुपैयाँ नयाँ मूल्य तोकिएको छ ।
अहिले काठमाण्डाै उपत्यकामा एक लिटर पानी भरिएको बोतलको २० देखि ३० रुपैयाँ र २० लिटरको जार ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ ।
काठमाण्डौ उपत्यका बाहिर १ लिटर बोटलको पानीको अधिकतम २० रुपैयाँ र २० लिटरको जारको पानी अधिकतम ६० रुपैयाँ तोकिएको छ ।
तोकिएको मूल्यभन्दा महँगोमा पानी बिक्री गरेमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।
यस्तै विभागले तोकिएको मूल्यभन्दा महँगोमा पानी नकिन्न उपभोक्तालाई आग्रह गरेको छ ।
सुनको भाउ एकैदिन तीन हजार रुपैयाँले बढ्यो
असोज २३, काठमाण्डाै - सुनको भाउ एकैदिन तीन हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको भाउ प्रतितोला ९६ हजार रुपैयाँमा
५६ अर्बका नयाँ नोट साटिए
काठमाडौँ — यस वर्षको दसैंमा केन्द्रीय बैंकको ढुकुटीबाट करिब ५६ अर्ब रुपैयाँ बराबरको नोट बाहिरिएको छ । राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय
गोरखामा सहकारी विकास बैङ्क स्थापना हुने
असोज २, गोरखा । गोरखामा सहकारी विकास बैंक स्थापना हुने भएको छ । राष्ट्रिय सहकारी बैंकले जिल्ला सदरमुकाममा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी
प्रतिकृया दिनुहोस