गोरखामा सहकारी विकास बैङ्क स्थापना हुने

असोज २, गोरखा ।

गोरखामा सहकारी विकास बैंक स्थापना हुने भएको छ । राष्ट्रिय सहकारी बैंकले जिल्ला सदरमुकाममा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सहकारी संस्थाका प्रतिनिधिले बैंक स्थापनामा सहकार्य गर्ने प्रतिबद्धता गरेका हुन् ।

सहकारी विकास बैंक स्थापना गर्न जिल्लाका कम्तिमा १ सय सहकारीले ऐक्यबद्धता जनाउनुपर्ने ब्यबस्था हुन्छ । हालसम्म ३२ संस्थाले ऐक्यबद्धता जनाएका र शनिवारको कार्यक्रममा ८० संस्थाको उपस्थिति रहेकाले बैंक स्थापनाको बाटो खुलेको जिल्ला सहकारी संघका उपाध्यक्ष रामबाबु श्रेष्ठले बताउनुभयो ।

हाल जिल्लाका सहकारी संस्थाले सहकारी सम्बन्धी कारोबारका लागि दमौली शाखामा पुग्नुपर्ने बाध्यता छ । जिल्लामा सहकारी बैंक स्थापना भएपछि सहकारी संस्थाको संरक्षित पुँजी फिर्ता कोषको रकम सम्बन्धित सहकारी संस्थाले नै प्राप्त गर्ने श्रेष्ठको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका रामबहादुर जिसीले सहकारी बैंक स्थापनाको उदेश्यका बारेमा प्रष्ट पार्नुभएको थियो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, उपप्रमुख मसलीमाया थोकर, राष्ट्रिय सहकारी बैंक सञ्चालक समिति सदस्य पार्वती थापा, जिल्ला सहकारी संघका उपाध्यक्ष रामबाबु श्रेष्ठ, महासचिव सरोज देवकोटा, संघका लेखा सुपरीवेक्षण समिति संयोजक सुजन कुँवर लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

बोतल र जारको पानीको मूल्य घट्याे

असोज २६,  काठमाण्डाै – सरकारले जार र बोतलमा बिक्री हुने पानीको मूल्य घटाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना निकालेर पानीको

सुनको भाउ एकैदिन तीन हजार रुपैयाँले बढ्यो

असोज २३, काठमाण्डाै - सुनको भाउ एकैदिन तीन हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको भाउ प्रतितोला ९६ हजार रुपैयाँमा

५६ अर्बका नयाँ नोट साटिए

काठमाडौँ — यस वर्षको दसैंमा केन्द्रीय बैंकको ढुकुटीबाट करिब ५६ अर्ब रुपैयाँ बराबरको नोट बाहिरिएको छ । राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय