गोरखा नगरपालिकाको खानेपानी तथा सरसफाई ब्यवस्थापन बोर्ड गठन, को–को छन् सदस्य ?

फागुन १, गोरखा ।

गोरखा नगरपालिकास्तरीय  खानेपानी तथा सरसफाई ब्यवस्थापन बोर्ड गठन भएको छ । बोर्ड गठन सहितका ब्यवस्था समेटेर बाह्रौं नगरसभाले गत असारमा खानेपानी तथा सरसफाई सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०८० पारित गरेको थियो ।

स्थानीय राजपत्रमा ऐन प्रकाशित भएको ७ महिनापछि बोर्ड गठन गरिएको हो । ऐनको परिच्छेद ४ को दफा ८ बमोजिम ९ सदस्यीय बोर्ड गठन भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।

नगरप्रमुख कृष्णबहादुर रानाको अध्यक्षता रहने बोर्डमा नगर उपप्रमुख मसलीमाया थोकर, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी र वडाध्यक्षमध्येबाट नगरकार्यपालिकाले तोकेका ३ जना सदस्यका रुपमा रहेका छन् ।

कार्यपालिकाले तोकेका ३ जना वडाध्यक्षमा वडा नम्वर ९ का अध्यक्ष कुलबहादुर कुँवर, ११ का अध्यक्ष रामबहादुर खड्का र १२ का अध्यक्ष डिलबहादुर थापा रहेका छन् ।
यस्तै खानेपानी तथा सरसफाई क्षेत्रमा कार्य गरेका ब्यक्ति, जग्गादाता, उपभोक्ताहरुमध्येबाट नगरप्रमुखले मनोनित गर्ने एकजना महिला सहित २ जनामा रामहरि केसी र शोभा थापा लामिछाने रहेका छन् । 

खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीमध्येबाट नगरकार्यपालिकाले मनोनित गर्ने २ जना बोर्डको सदस्यमा  कर्णेखोला खानेपानी उपभोक्ता संस्थाका शुक्रराज पन्त तथा पृथ्वीनारायण खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी गोमा दुवाडी रहेका छन् ।  प्रमुख प्रशासकीय अधिकृत बोर्डको सदस्य सचिवको रुपमा रहने छन् ।

नगरक्षेत्रमा रहेका खानेपानी स्रोतलाई उचित संरक्ष्ण, सेवा प्रदायक, उपभोक्ता समिति तथा संस्थाहरुको अनुष्मन, नियमन र समन्वय गर्दै खानेपानी सेवालाई चुस्त र दुरुस्त बनाउनका लागि खानेपानी बोर्ड गठन लगायतको प्रावधान राखेर ऐन ल्याइएको थियो ।

बोर्डले स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन लगायतको काम गर्नेछ भने खानेपानी महशुल निर्धारण तथा खानेपानी सेवा ब्यवस्थापनको काम पनि बोर्डमार्फत हुनेछ ।

बोर्डले आफ्नो कामकारवाही ब्यवस्थित गर्न आवश्यकता अनुसार समिति, उपसमिति वा कार्यदल गठन गर्न सक्ने पनि गोरखा नगरपालिकाको खानेपानी तथा सरसफाई सम्बन्धी ऐनमा उल्लेख गरिएको छ ।

बोर्डले आफ्नो छुट्टै कोष बनाउन सक्ने पनि ऐनमा भनिएको छ । नगरपालिका क्षेत्रमा ऐन जारी हुनुभन्दा अघिनै सञ्चालनमा रहेका खानेपानी तथा सरसफाई उपभोक्ता समिति बोर्ड अन्तर्गतनै रहने गरि ऐनमा ब्यवस्था भएको गोरखा नगरपालिकाले जनाएको छ ।

यस्तै बोर्ड अन्तर्गत रहेका कुनै खानेपानी तथा सरसफाई समिति कारणवश समस्याग्रस्त भै सेवाको गुणस्तरमा ह्रास आएमा वा सेवानै अवरुद्ध हुने भएमा, ब्यापक आर्थिक हिनामिना भएमा त्यस्तो सेवा ब्यवस्थापनको काम पनि बोर्डमार्फतनै हुने ऐनमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस

पालुङटारस्थित मर्स्याङ्दी नदी किनारमा महिलाको शव भेटियो

फागुन ५, गोरखा । पालुङटार नगरपालिका–७ सतिघाटस्थित मस्र्याङ्दी नदी किनारमा एक महिलाको शव भेटिएको छ । शनिवार बिहान अन्दाजी ३०/३५ वर्षकी महिलाको शव

गोरखामा ८ महिना अघि बरामद भएको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने

फागुन ५, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले गत असार १४ गते बरामद गरेको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने भएको छ । उद्योग, वाणिज्य

बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी गोरखाका निर्माण ब्यवसायी भट्ट पक्राऊ

फागुन २, गोरखा । गोरखाको भिमसेनथापा गाऊँपालिका ५ का निर्माण ब्यवसायी ३७ वर्षका चित्रप्रसाद भट्ट बैंकिङ कसुर मुद्धामा पक्राऊ परेका छन् । हाल गोरखा