गोरखा नगरपालिकालाई एमाले नगर कमिटिको १७ बुँदे ध्यानाकर्षण, खानेपानीमा राजनीति गरेको आरोप

माघ २९, गोरखा ।  

गोरखा नगरपालिकाले दुई दलीय भागवण्डामा खानेपानी बोर्ड गठन गर्न लागेको भन्दै नेकपा एमालेको नगर कमिटिले विरोध जनाएको छ । आइतबारको नगरकार्यपालिका बैठकले सदस्यहरुको टुंगो लगाउँदै बोर्ड गठन गर्ने निर्णय गरेको हो ।

बोर्डका ९ सदस्यमध्ये नेपाली काँग्रेसका ५ र नेकपा माओवादी केन्द्रका ४ जना रहने गरि राजनीतिक भागवण्डा मिलाइएको हो । नेकपा एमालेको नगर कमिटिले सोमवार ध्यानाकर्षण पत्र बुझाउँदै दुई दलीय भागवण्डामा बोर्ड गठन गर्ने निर्णय गर्दै नगरपालिकाले खानेपानी जस्तो संवेदनशील विषयमा राजनीतिकरण गरेको उल्लेख गरेको छ ।

एमालेको नगर कमिटिले विभिन्न समसामयिक विषयमा नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षण गराएको हो ।

एमालेले दरौंदी लिफ्टिङ खानेपानी योजनाको पानी उपभोक्ताको घरघरसम्म वितरणको ब्यवस्था मिलाउन, बिरिमकाली खानेपानी परियोजना अबरुद्ध भएको र उपभोक्ताले तिर्न नसक्ने गरी रकम तोकेको, फिनाममा एक घर एक धारा खानेपानी परियोजना अबरुद्ध भएको लगायतका विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

यस्तै, सडकपेटीका नाममा गोरखा सदरमुकाम अस्तव्यस्त बनेको, सडक बत्ति व्यवस्थित हुन नसकेको, अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्नेबारे पनि नगरपालिकाको ध्यानकर्षण गराइएको एमाले केन्द्रिय सदस्य एवम् गत स्थानीय तह निर्वाचनमा मेयर पदकी उम्मेद्वार सम्झना देवकोटाले बताउनुभयो ।

दरौदीनहर सिंचाइ , कुन्दुरटार सिंचाई आयोजना, हात्तिशेरा कुलो लगाएत सबै सिंचाई योजनाको सञ्चालन,सामुदायिक विद्यालयमा खादा र टाई बन्द गर्ने, शिक्षक कर्मचारी र जनप्रतिनिधीका छोरा छारी सामुदायिक विद्यालयमा पढाउने लगायतका नगरपालिकाबाट गरिएका निर्णय कार्यन्वयन सम्बन्धमा पनि नगरप्रमुख र उपप्रमुखको ध्यानकर्षण गराइएको देवकोटाको भनाई छ ।

विद्यालयको दिवा खाजा स्वस्थ हुन नसकेको, विकास निर्माण, नितीनिर्माण, नगरका हरेक काममा दलगत भागबण्डा हुने गरेको विषयमा पनि एमालेले नगरपालिकालाई सचेत गराएको छ ।

गोरखा नगरपालिकाको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्राप्ताङ्क घटेको, नगरपालिकामा भएका बेरुजु असुलउपर गर्नुपर्ने, आवश्यकता र कार्यसम्पादनको आधारमा मात्र करारका कर्मचारी राख्न, कृषि,  भेटेरिनरीका प्राविधिक प्रत्येक वडामा पठाउने, गोनपा वडा नं ११ को पाईलट परियोजना सम्बन्धमा सर्वपक्षिय, उपभोक्तामा आधारित परियोजना, कार्यसम्पादन विधिका आधारम पारदर्शिताहुने गरी अबिलम्ब कार्यान्वयन गर्न पनि एमालेको माग छ ।

योजना छनौंट गर्दा सर्वपक्षिय र सर्वदलिय तथा वस्तीस्तरबाट छनौट गर्न, वडा नं ७ मा निर्माण गरिएको बसपार्क सञ्चालन वा वैकल्पिक प्रयोग गर्ने सम्बन्धमा, सबै वडामा उत्पादन पकेट क्षेत्र बनाउने  सम्बन्धमा पनि एमालेले ध्यानकर्षण गराएको छ । ‘गोरखा नगरपालिकाका विविध विषयमा नेकपा (एमाले) गोरखा नगरपालिकालाई ध्यानाकर्षण गराउदै सकरात्मक परिणामको अपेक्षा गर्दछौं ।’ केन्द्रिय सदस्य देवकोटाले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।  

 

प्रतिकृया दिनुहोस

पालुङटारस्थित मर्स्याङ्दी नदी किनारमा महिलाको शव भेटियो

फागुन ५, गोरखा । पालुङटार नगरपालिका–७ सतिघाटस्थित मस्र्याङ्दी नदी किनारमा एक महिलाको शव भेटिएको छ । शनिवार बिहान अन्दाजी ३०/३५ वर्षकी महिलाको शव

गोरखामा ८ महिना अघि बरामद भएको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने

फागुन ५, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले गत असार १४ गते बरामद गरेको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने भएको छ । उद्योग, वाणिज्य

बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी गोरखाका निर्माण ब्यवसायी भट्ट पक्राऊ

फागुन २, गोरखा । गोरखाको भिमसेनथापा गाऊँपालिका ५ का निर्माण ब्यवसायी ३७ वर्षका चित्रप्रसाद भट्ट बैंकिङ कसुर मुद्धामा पक्राऊ परेका छन् । हाल गोरखा