गोरखा अस्पतालमा ‘दूरविन प्रविधि’बाट पित्तथैलीको पत्थरी निकाल्ने अपरेशन सेवा शुरु

माघ २७, गोरखा ।

गोरखा अस्पतालले दुरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया गरी पत्थरी निकाल्ने उपचार सेवा दिन सुरु गरेको छ । चिकित्सा विज्ञानमा ‘ल्याप्रोस्कोपिक कोलिसिस्टेक्टोमी’ भनिने यो पद्धतिबाट गोरखा अस्पतालमा पहिलो पटक शल्यक्रिया गरिएको हो ।

अस्पतालका सर्जनद्वय डा.प्रतिमा गौतम र डा.सुमोद कोइराला तथा एनेस्थेसियोलोजिस्ट डा.शम्भु अधिकारी सहितको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टिमले जिल्लामै पहिलो पटक यो प्रविधिबाट पित्तथैलीको शल्यक्रिया गरी पत्थरी निकालेको हो ।

शुक्रबार गोरखा नगरपालिका १ का ५३ वर्षका पुरुष, शहीदलखन गाउँपालिका ८ की ५३ वर्षकी महिला र पालुङ्टार नगरपालिका ८ का ४४ वर्षका पुरुष गरि ३ जना बिरामीको पेटमा प्वाल पारेर दुरबिन प्रबिधिबाट पित्तथैलीको सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा.सिद्धार्थ खनालले बताउनुभयो ।

‘पहिले यस्तै खालको अपरेशन गर्न पेटमा ५ देखि ७ सेन्टिमिटरसम्मको चिरा पार्नुपथ्र्यो तर यो प्रविधिबाट पेटमा शुन्य दशमलव ५ मिलिमिटरदेखि १ सेन्टीमिटरसम्मको सानो प्वाल बनाएर पित्तथैलीको पत्थरी निकाल्न सक्छौं’ निमित्त मेसु डाक्टर खनालले भन्नुभयो, ‘यो प्रविधिबाट अपरेशन गर्दा पहिलो कुरा त अपरेशनपछि हुने दुखाई कम हुन्छ भने बिरामीलाई लामो समयसम्म अस्पतालमा भर्ना गरेर राखिराख्नु पर्दैन, उहाँहरु चाँडै निको भएर सामान्य रुपमा फर्कन सक्नुहुन्छ ।’ गोरखा अस्पतालमा यो सेवा शुरु भएसँगै बिरामीहरुले अन्यत्र जिल्लामा रिफर नभैकन आफ्नै जिल्लामा सहजै र सस्तोमा उपचार सेवा पाउने भएका छन् ।

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर खनालका अनुसार पुरानो तरीकाको शल्यक्रिया भन्दा लागत केही बढी हुने भएपनि गोरखा अस्पतालले भने दुरबिन प्रविधिबाट हुने शल्यक्रिया सेवा पनि न्यूनतम शुल्कमै उपलब्ध गराउनेछ ।

पित्तथैली सहित एपेन्डिसाइटिस, पाठेघर, ढाडको शल्यक्रिया पनि यो प्रविधिबाट गर्न सकिने उहाँले जानकारी दिनुभयो । गोरखा अस्पतालमा यो पद्धतिबाट हुने शल्यक्रियाको निरन्तरताका लागि दक्ष जनशक्तिको अभाव हुन नदिनेतर्फ ध्यान दिनुपर्ने डाक्टर खनालको भनाई  छ ।

 

प्रतिकृया दिनुहोस

पालुङटारस्थित मर्स्याङ्दी नदी किनारमा महिलाको शव भेटियो

फागुन ५, गोरखा । पालुङटार नगरपालिका–७ सतिघाटस्थित मस्र्याङ्दी नदी किनारमा एक महिलाको शव भेटिएको छ । शनिवार बिहान अन्दाजी ३०/३५ वर्षकी महिलाको शव

गोरखामा ८ महिना अघि बरामद भएको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने

फागुन ५, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले गत असार १४ गते बरामद गरेको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने भएको छ । उद्योग, वाणिज्य

बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी गोरखाका निर्माण ब्यवसायी भट्ट पक्राऊ

फागुन २, गोरखा । गोरखाको भिमसेनथापा गाऊँपालिका ५ का निर्माण ब्यवसायी ३७ वर्षका चित्रप्रसाद भट्ट बैंकिङ कसुर मुद्धामा पक्राऊ परेका छन् । हाल गोरखा