शहीद लखन गाऊँपालिकाका सबै घरधुरीको पारिवारिक जनसांख्यिक लगत संकलन गरिने

माघ २६, गोरखा ।

गोरखाको शहीद लखन गाऊँपालिकामा पारिवारिक जनसाँख्यिक लगत संकलन गरिने भएको छ । लगत संकलनको प्रारम्भिक तयारी अन्तर्गत शुक्रवार पालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिएको छ ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माले यो कार्यक्रम अन्तर्गत पालिकाका सबै घरधुरीमा पुगेर जनसांख्यिक र स्वास्थ्य सम्बन्धी विवरण संकलन गरिने जानकारी दिनुभयो ।

लगत संकलनका लागि वडाध्यक्षको संयोजकत्वमा तालिम प्राप्त स्वास्थ्यकर्मी परिचालन हुने उहाँले जानकारी दिनुभयो । वडा र पालिकाबाट प्रमाणीकरण भएपछि लगत संकलनको विवरण सार्वजनिक गरिने शर्माको भनाई छ ।

पहिलो चरणको लगत संकलनमा प्रदेश स्वास्थ्य निर्देशनालयले सहयोग गरेपनि आगामी वर्षहरुमा भने पालिकालेनै तथ्याङ्क संकलन र अद्यावधिक गर्ने उहाँले बताउनुभयो ।
पारिवारिक जनसाँख्यिक लगत संकलन अन्तर्गत पालिकाभरका सबै घरका घरमुलीको ब्यक्तिगत र परिवारका सदस्यको विवरण संकलन गरिनेछ ।

यस्तै परिवारका सदस्यहरुको स्वास्थ्य अवस्था, स्वास्थ्य बीमा सम्बन्धी अवस्था, कोभिड खाृप लगाए/नलगाएको र बालबालिकाले पूर्ण खोप पाए/नपाएको विवरण संकलन गरिनेछ ।

बसोबास स्थलबाट नजिकको स्वास्थ्य संस्थाको नाम, अक्षाँश र देशान्तर सहित घरको अवस्थिति लगायतका तथ्याङ्क संकलन हुने प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माले जानकारी दिनुभयो ।

एन्ड्रोइड मोबाइल एप मार्फत संकलन हुने यस्तो विवरण निर्देशनालयको सर्भरमा प्रविष्ट गरिनेछ भने सर्भर सञ्चालन प्रदेश निर्देशनालय, स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकाले गर्नेछन् ।

पारिवारिक जनसाँख्यिक लगत संकलनबाट हाल बसोबासको आधारमा पालिकाको पछिल्लो जनसंख्या सहितको विवरण थाहा पाइने शर्माको भनाई छ ।

सोही तथ्याङ्कको आधारमा स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो । ‘स्वास्थ्यका कार्यक्रम कार्यान्वयन गर्दा हाम्रो लक्ष्य एकातिर छ, वास्तविक तथ्याङ्क अर्कै छ’ उहाँले भन्नुभयो, ‘आधाकारिक तथ्याङ्कको अभावमा स्वास्थ्य सम्बन्धी कतिपय कार्यक्रमको लक्ष्य पूरा भैसक्दा पनि सूचकमा भने पूरा नभएको देखिने यस्तै कारणले हो ।’

कार्यक्रममा पारिवारिक जनसांख्यिक लगत संकलनबारे प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत शर्मा, प्रशासन शाखाका अधिकृत राममणि ढुंगाना, सूचना प्रविधि अधिकृत नवराज भण्डारी, स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य निरिक्षक नानीबाबु दानी, युनिसेफ नेपालकी एली श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै शहीद लखन गाऊँपालिकाका अध्यक्ष रमेश थापामगरले वास्तविक तथ्याङ्कबिना सही योजना निर्माण गर्न नसकिने भएकाले पालिकाहरुलाई अद्यावधिक तथ्याङ्क अत्यावश्यक हुने बताउनुभयो ।

सरकारका विभिन्न निकायले संकलन गर्ने तथ्याङ्कहरुलाई आपसमा जोड्नु जरुरी रहेको पनि उहाँको भनाई छ । उहाँले पालिकाका सबै घरमा पुगेर वास्तविक तथ्याङ्क संकलन गर्न वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा गाऊँपालिका उपाध्यक्ष ईन्दिरा तिवारी, स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्मा, पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, पालिकाको सामाजिक विकास समिति संयोजक कृष्ण चेपाङ, वडा नम्वर ९ का अध्यक्ष रामकुमार श्रेष्ठ लगायतले पारिवारिक जनसांख्यिक लगत संकलनको महत्वबारे धारणा ब्यक्त गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

पालुङटारस्थित मर्स्याङ्दी नदी किनारमा महिलाको शव भेटियो

फागुन ५, गोरखा । पालुङटार नगरपालिका–७ सतिघाटस्थित मस्र्याङ्दी नदी किनारमा एक महिलाको शव भेटिएको छ । शनिवार बिहान अन्दाजी ३०/३५ वर्षकी महिलाको शव

गोरखामा ८ महिना अघि बरामद भएको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने

फागुन ५, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले गत असार १४ गते बरामद गरेको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने भएको छ । उद्योग, वाणिज्य

बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी गोरखाका निर्माण ब्यवसायी भट्ट पक्राऊ

फागुन २, गोरखा । गोरखाको भिमसेनथापा गाऊँपालिका ५ का निर्माण ब्यवसायी ३७ वर्षका चित्रप्रसाद भट्ट बैंकिङ कसुर मुद्धामा पक्राऊ परेका छन् । हाल गोरखा