गोरखाका एक युवक सरकारी कार्यालयको छाप र कागजपत्र किर्ते गरेको अभियोगमा पक्राऊ

माघ २६, गोरखा ।

विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा गोरखा घैरुङका एक युवक नवलपुरबाट पक्राउ परेका छन् ।

शहिद लखन गाउँपालिका–६ घैरुङ घर भई विनयी त्रिबेणी गाउँपालिका–४ बैरेनी नवलपुर बस्दै आएका ३२ वर्षीय आकाशचन्द्र परियार पक्राउ परेका हुन् । 

परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई विनयी त्रिबेणी गाउँपालिका–१ दुम्किबास बजारबाट पक्राउ गरेको हो ।

साथै उनको घर तलासी गर्दा सरकारी छाप दस्तखत कीर्ते सम्बन्धी कसुरमा प्रमाण लाग्ने विभिन्न प्रकारका चिजबस्तुहरू समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । परियारका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

पालुङटारस्थित मर्स्याङ्दी नदी किनारमा महिलाको शव भेटियो

फागुन ५, गोरखा । पालुङटार नगरपालिका–७ सतिघाटस्थित मस्र्याङ्दी नदी किनारमा एक महिलाको शव भेटिएको छ । शनिवार बिहान अन्दाजी ३०/३५ वर्षकी महिलाको शव

गोरखामा ८ महिना अघि बरामद भएको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने

फागुन ५, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले गत असार १४ गते बरामद गरेको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने भएको छ । उद्योग, वाणिज्य

बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी गोरखाका निर्माण ब्यवसायी भट्ट पक्राऊ

फागुन २, गोरखा । गोरखाको भिमसेनथापा गाऊँपालिका ५ का निर्माण ब्यवसायी ३७ वर्षका चित्रप्रसाद भट्ट बैंकिङ कसुर मुद्धामा पक्राऊ परेका छन् । हाल गोरखा