गोरखाका तीन पालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता


गोरखा, १६ भदौ ।  गोरखाका तीन पालिका र राष्ट्रिय वाणिज्य बैंकबीच  सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता भएको छ । गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको हो । 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगर, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा र बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले हस्ताक्षर गर्नुभएको छ । 

सम्झौता अनुसार  तीन पालिकाका व्यवसायिक किसानहरुले सहुलियतपूर्ण व्याजमा ५ लाख रुपैयाँँदेखि ५ करोड रुपैयाँसम्म व्यवसायिक ऋण पाउने भएका छन् ।उद्यमशिलता मार्फत ब्यक्तिलाई उत्पादनमा जोडेर रोजगारी सिर्जना गर्ने र गरिबि निवारण गर्ने उदेश्यले यो सम्झौता भएको हो ।

 अब यि पालिकाले सिफारिस गरेका कृषि सहकारी संस्था, कृषि उद्यमी, फर्म, कम्पनीहरुलाई बैंकले  नियम अनुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ । सहुलियत ऋण लिनका लागि उद्यमशीलता सम्बन्धी तालिम लिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

कृषि पेशा मार्फत किसानहरुलाई उद्यमशिल, स्वरोजगार र आत्मानिर्र्भंर बनाउनका लागि सो सम्झौता गरिएको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले बताउनुभयो ।  

ब्यबसायिक किसान  वा कम्तीमा ५÷५ जनाको समुह, सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी तथा सहकारीलाई मात्र कर्जाका लागि सिफारिस गरिने भएको छ । ऋण पाएका व्यवसायीहरुका लागि कृषि उत्पादन वृद्धिका लागि आवश्यक पर्ने पूर्वाधार, सिँचाई, मल, बिउ ढुवानी, बजार व्यवस्थापन, भण्डारण गृह निर्माण र प्राबिधिक ज्ञान पालिकाले उपलब्ध गराउने सहमति समेत छ । 

समयमा किस्ता नबुझाउने ऋणीहरुलाई पालिकाहरुले प्रदान गर्ने सेवासुबिधामा रोक लगाई ऋण असुलीमा बैंकलाई सहयोग गर्ने पनि सम्झौता पत्रमा उल्लेख गरिएको छ । यस्तै सहुलियतमा कर्जा उपलब्ध गराएका ऋणीहरुको व्यवसायको अनुगमनका लागि पालिका प्रमुखको संयोजकत्वमा अनुमगन समिति समेत गठन गर्ने समझदारी भएको छ  । समितिमा गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, बैंकका प्रतिनिधी, स्थानीय विज्ञ र प्रमुख प्रशासकिय अधिकृत रहनेछन् । 

कर्जा लिएका समुहको व्यवसाय प्राकृतिक प्रकोप, बिपत लगायतका अन्य घटनाहरुका कारण क्षति भई ऋणीहरुले ऋण तिर्न नसक्ने अबस्थामा ऋण तिर्नका लागी सहयोग गर्न सम्बन्धित पालिकाले जोखिम न्युनिकरण कोष स्थापना गर्ने पनि सहमति पत्रमा उल्लेख छ ।

सहुलियत कर्जा मार्फत किसानहरुको क्षमता विकास गरी सक्षम र सवल बनाउने तथा लक्षित कार्यक्रम कार्यान्वयनले गरिबी निवारणमा महत्वपूर्ण योगदान पुग्ने सम्झौता पत्रमा उल्लेख छ । बैंक र पालिकाको सहकार्यले अब युवालाई गाउँमै स्वरोजगार बनाउनुका साथै
किसानलाई व्यवसायिक बन्न र कृषि पेशालाई व्यवसायिक र स्वरोजगार मूलक बनाउनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  
 

प्रतिकृया दिनुहोस

बोतल र जारको पानीको मूल्य घट्याे

असोज २६,  काठमाण्डाै – सरकारले जार र बोतलमा बिक्री हुने पानीको मूल्य घटाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना निकालेर पानीको

सुनको भाउ एकैदिन तीन हजार रुपैयाँले बढ्यो

असोज २३, काठमाण्डाै - सुनको भाउ एकैदिन तीन हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको भाउ प्रतितोला ९६ हजार रुपैयाँमा

५६ अर्बका नयाँ नोट साटिए

काठमाडौँ — यस वर्षको दसैंमा केन्द्रीय बैंकको ढुकुटीबाट करिब ५६ अर्ब रुपैयाँ बराबरको नोट बाहिरिएको छ । राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय