पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

२२ फागुन, काठमाडौं । बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको छ ।

म्याद थपका लागि प्रहरीले आइतबार उनलाई जिल्ला अदालत लगेको थियो । प्रहरी स्रोतका अनुसार अनुसन्धान नसकिएका कारण थप १२ दिन हिरासतमा राख्न अनुमति लिइएको हो । ११ फागुनमा एक बालिकाले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

त्यसपछि १५ फागुनमा उनी आफैं प्रहरीसमक्ष पुगेका थिए । अनुसन्धानका लागि पहिले पाँच दिन थुनामा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएपछि पुनः १२ दिन म्याद लिएको हो ।

प्रतिकृया दिनुहोस

गोरखामा छायांकन गरिएको फिल्म ‘मन्त्र’को प्रिमियर

बैशाख १५, काठमाडौं । शुक्रबार रिलिज हुने तयारीमा रहेको फिल्म ‘मन्त्र’को प्रिमियर गरिएको छ । गृहजिल्ला गोरखामा छायांकन गरिएको फिल्म हेर्न

पल प्रकरणमा नाबालिग ‘होस्टाइल’, बलात्कार नभएको दाबी

बैशाख ४ , काठमाडौँ - बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन्।  जिल्ला अदालत तनहुँ र

पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्दा दायर

३ चैत, काठमाडौं । अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । १६ वर्षीया किशोरीले दिएको जाहेरीका