रेखा थापाले गरिन् अदालती विवाह

२ फागुन, काठमाडौं । अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ ।

नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो । रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा थिए । प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन् ।

उनीहरुले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेको बताइएको छ । २०५६ सालमा चलचित्र ‘हिरो’बाट डेब्यु गरेकी रेखाले एकदशकसम्म चलचित्र क्षेत्रमा राज गरिन् । हाल भने उनी चलचित्रभन्दा राजनीतिमा बढी सक्रिय देखिन्छिन् । शाही भने पर्यटन व्यवसायी हुन् ।

प्रतिकृया दिनुहोस

गोरखामा छायांकन गरिएको फिल्म ‘मन्त्र’को प्रिमियर

बैशाख १५, काठमाडौं । शुक्रबार रिलिज हुने तयारीमा रहेको फिल्म ‘मन्त्र’को प्रिमियर गरिएको छ । गृहजिल्ला गोरखामा छायांकन गरिएको फिल्म हेर्न

पल प्रकरणमा नाबालिग ‘होस्टाइल’, बलात्कार नभएको दाबी

बैशाख ४ , काठमाडौँ - बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन्।  जिल्ला अदालत तनहुँ र

पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्दा दायर

३ चैत, काठमाडौं । अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । १६ वर्षीया किशोरीले दिएको जाहेरीका