मर्स्याङ्दी नदीमा आएको बाढीले यसरी बगायो गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल ( भिडियो सहित )
असार १८, गोरखा ।
मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएको छ ।
गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरेनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवतजावतमा समस्या भएको छ । तनहुँतर्फको भाग भत्किएर झोलुङ्गे पुलको केही भाग नदीमा डुबेको छ ।
भिडियो सौजन्य–कृष्ण महत
प्रतिकृया दिनुहोस