कोभिडबारे २० जिज्ञासा र जवाफ

- डा. रवीन्द्र पाण्डे

१. कस्तो अवस्थामा पिसिआर गर्ने ? पिसिआर नगरे हुँदैन र ?

- ज्वरो, खोकी, सास फेर्न गाह्रो, पखाला, बान्ता, थकान, छालामा बिमिरा आदिमध्ये केहि लक्षण मिलेमा, संक्रमितसंग भेट भएको अवस्थामा तथा कतै यात्रा गरेको अवस्थामा परीक्षण गर्नुपर्दछ | समयमै पिसिअर गरेमा रोग पत्ता लाग्छ | आफु आइसोलेसनमा बसेमा परिवारलाई संक्रमणबाट बचाउन सकिन्छ | रोग पत्ता लागेपछि गाह्रो भएमा कहाँ / के उपचार गर्ने भन्ने थाहा हुन्छ | तसर्थ पिसिआर टेस्ट गर्नुपर्दछ |

- यसपटक पिसिआरबाहेक छातीको एक्सरे गर्नु उपयुक्त हुन्छ | कोभिड निमोनिया देखिएमा तदनुसारको उपचार गर्दा गम्भीर अवस्था आउनबाट बचिन्छ |

.२. खोपले काम गरेको छ कि छैन ? खोप लगाएका संक्रमित भएका छन् कि छैनन् ?

- खोप लगाएका व्यक्तिलाई पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा संक्रमण हुन्छ | उनीहरुको संक्रमण अन्य व्यक्तिलाई सर्न सक्छ | फरक यो छ कि खोप लगाएका व्यक्तिको गम्भीर हुने वा मृत्यु हुने दर नगण्य छ | प्रमाणित खोप जुनसुकै लगाएपनि गम्भीर हुनबाट बचाएको छ |

.३. के भिटामिनहरुले कोरोना ठिक गर्छन् ?

- भिटामिन सी, डी र जिंक लाभदायक छन् | तर यी औषधिले कोरोना ठिक गर्दैनन् |

.४. एन्टिबायोटिक खाँदा कोरोना ठिक हुन्छ ?

- एन्टिबायोटिकले कोरोना भाइरसलाई नष्ट गर्दैन | निमोनिया भएर ब्याक्टेरियल संक्रमण भएमा मात्र उपयोगी हुन्छ | तसर्थ जथाभावी औषधि सेवन गर्नुहुँदैन |

.५. के जडिबुटी वा आयुर्बेद औषधिले कोभिड निको गर्छ ?

- गर्दैन | सम्बन्धित चिकित्सकको सिफारिसमा मात्रा मिलाएर सेवन गर्दा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने चीन, भारत, मदागास्कर, श्रीलंका आदि देशमा भएका अनुसन्धानले पुष्टि गरेका छन् |

.६. के सिटामोलको कोर्स पुरा गर्नुपर्छ ?

- पारासिटामोल ज्वरो १०० डिग्रीको आसपास पुगेमा वा टाउको / जिउ दुखेमा मात्र सेवन गर्ने हो | नियमित सेवन गर्नुहुँदैन |

.७. अक्सिमिटरलाई कति पर्छ ? कहाँ पाइन्छ ? कति अक्सिजनको स्तर नर्मल हो ?

- अक्सिमितर १२०० देखि ५ हजारसम्म पर्छ | महँगो किन्नुपर्दैन | औषधि पसल वा सर्जिकल हाउसमा यो किन्न पाइन्छ | ९५ देखि १०० यसको नर्मल भ्यालु हो |

.८. अक्सिजनको लेभल ९४ बाट घटे के गर्ने ?

- घोप्टो परेर सुत्ने | यसो गर्दा अक्सिजनको स्तर बढ्छ | यति गर्दा पनि घटेन भने फोक्सोमा संक्रमण भएको बुझिन्छ | अक्सिजन ९२ बाट तल भएमा तुरुन्त अस्पताल जानुपर्छ | छातीको सिटि वा एक्स रे बाट फोक्सोमा निमोनिया वा संक्रमण भएको थाहा हुन्छ | यसो भएमा चिकित्सकको सल्लाह अनुसार भर्ना हुने वा औषधि खानुपर्दछ |

.९. अस्पताल प्याक छन् | अब के गर्ने ?

- सामान्य अवस्थामा चिकित्सकको निगरानीमा होम आइसोलेसनमा बस्नुपर्दछ | यदि सास फेर्न गाह्रो भए, अक्सिजनको मात्रा कम भए, निकै गाह्रो भए तुरुन्त अस्पताल जानुपर्छ | भरे वा भोलि जान्छु भन्नु हुँदैन | अस्पतालको फिभर क्लिनिकमा जांच गराएपछि तपाइंको अवस्था अनुरुप चिकित्सकले उपचारको ब्यबस्था गर्छन् |

.१०. मास्कलाई किन खोपभन्दा राम्रो मानिन्छ ?

- मास्क सस्तो, प्रभावकारी, साइड इफेक्ट नभएको तथा सर्व सुलभ छ | डबल मास्क लगाउने बानी गर्ने हो भने जुनसुकै प्रजातिको भाइरस आएपनि डर मान्नुपर्दैन |

.११. सुत्केरी संक्रमण भएमा बच्चालाई दुध चुसाउने कि नाचुसाउने ?

- सुत्केरीले मास्क लगाएर, बच्चाको बिपरित दिशामा टाउको फर्काएर तथा स्तनलाई राम्रोसंग सफा गरेर दुध चुसाउन मिल्छ | दुध चुसाउने बेला बाहेक बच्चालाई छुट्टै राख्नु राम्रो हुन्छ | सुत्केरी बस्ने कोठाको झ्याल / ढोका खुला हुनुपर्छ |

.१२. यो महामारी कति खतरनाक छ ?

- यसपटकको दोस्रो लहर धेरै संक्रामक भएपनि मृत्युदर कम छ | जनस्वास्थ्यका मापदण्ड पालना गरेमा संक्रमण हुँदैन | संक्रमण भएमा स्वस्थ आहार, बिहार र उपचारले खतराको अवस्था हुँदैन |

.१३. सास फेर्न गाह्रो भए घरमा अक्सिजन सिलिन्डरबाट अक्सिजन लिए ठिक हुन्छ ?

- हुँदैन ! फोक्सोमा संक्रमण / निमोनिया / पानी जम्ने आदि भएमा सास फेर्न गाह्रो हुन्छ | रोगको उपचारसंगै अक्सिजन लिंदा फाइदा गर्छ | अक्सिजन आफैले रोग निको गर्दैन | फोक्सोको अवस्था अनुसार अक्सिजनको मात्रा निर्धारण हुन्छ | तसर्थ अस्पताल भर्ना भएर वा निको भएर घरमा फर्के पछि सास फेर्न गाह्रो भए चिकित्सकको सल्लाह अनुसार अक्सिजन लिनुपर्दछ |

.१४. सामाजिक संजालमा लेखेका वा अन्य निको भएका संक्रमितले प्रयोग गरेका औषधि सेवन गर्ने कि नगर्ने ?

- नगर्ने | हरेक व्यक्तिको अवस्था फरक फरक हुन्छ | चिकित्सकको सल्लाह बिना औषधिको जथाभावी सेवन गर्दा झन् खराब अवस्था हुन्छ |

.१५. कोभिडको उपचार के छ ?

- कोभिडको हालसम्म ठोस उपचार छैन | औषधि, अक्सिजन आदिले शरीरका अंगलाई सुरक्षित राख्ने, सजिलो बनाउने तथा भाइरसले असर गरेका अंगलाई सपोर्ट दिएर बिरामीलाई बचाउने मात्र हो |

.१६. पोहोर संक्रमण भएको व्यक्तिलाई अहिले संक्रमण हुन्छ कि हुँदैन ?

- मापदण्ड पालना नगरे संक्रमण हुन्छ | अहिलेको नयाँ प्रजातिको संक्रमणले गम्भीर बनाउन सक्छ |

.१७. कोभिड र खोपबारे फरकफरक धारणा छन् ? कसको कुरा पत्याउने ?

- बिभिन्न बैज्ञानिक परीक्षणबाट कोभिड र खोपको पुष्टि भएको छ | अनधिकृत व्यक्तिका भ्रामक कुरा सुन्नुहुँदैन | सरकारले दिने सूचना र बिज्ञका कुरा विश्वास गर्नुपर्दछ | कोरोना के हो ? भन्नको लागि अस्पतालमा छटपटाइरहेका संक्रमित हेरे स्पष्ट बुझिन्छ | खोपले काम गर्ने / नगर्ने बारे खोप लगाएका व्यक्तिको मृत्युदर हेरे थाहा हुन्छ |

.१८. लकडाउन किन, कति समय आबश्यक हुन्छ ? लकडाउन छोंटो गराउन के गर्नुपछ ?

- लकडाउन भनेको जो जहाँ छ, त्यहीं बस्ने हो | नयाँ महामारी आएमा, महामारीको कारण अस्पताल भरिएमा, नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा तथा सरकारले तयारी गर्नको लागि लकडाउन गरिन्छ | लकडाउन जति कडा भयो, संक्रमणको चेन त्यति छिटो तोड्न सकिन्छ | यसको लागि नागरिकले मापदण्ड पालना गर्ने तथा सरकारले पालना गराउनेतर्फ पुरै शक्ति केन्द्रित गर्नुपर्छ | यसो भएमा ३ हप्ताको लकडाउन पर्याप्त हुन्छ | लकडाउनको अबधिमा सरकारले दैनिक काम गरेर गुजारा गर्ने व्यक्तिलाई राहतको ब्यबस्था गर्नुपर्दछ | अनुशाशित नागरिक र जिम्मेवार सरकारको संयोगले लकडाउन छोंटो गर्न सकिन्छ |

.१९. यो स्थिति कहिलेसम्म रहला ?

- दोस्रो लहर अझै २ – ३ महिना रहन्छ | त्यसपछि घट्दै जान्छ | महामारीबाट मुक्त हुनको लागि ७० % नागरिकले खोप लगाउनुपर्दछ | जनस्वास्थ्यका मापदण्ड पालना गरेर भाइरसलाई मान्छेबाट अलग्याउनु पर्दछ |

.२०. महामारीमा आत्मबल कसरी बढाउने ?

- यो महामारीले संसारलाई चपेटामा पारेको छ | सबैको आर्थिक, शैक्षिक, पेशागत तथा अन्य क्षेत्रमा नोक्सान पुर्याएको छ | महामारी नियन्त्रणमा आएपछि ती सबै घाटा सन्तुलनमा आउनेछन् | अहिले जीवनरक्षा गर्नु सबैभन्दा महत्वपूर्ण बिषय हो | योग, ध्यान, प्रबचन श्रबण, संगीत, कला, साहित्य, घरको काम आदिबाट मनलाई सकारात्मक उर्जामा स्थिर राख्न सकिन्छ | तनाब दिने खालका कुरा नसुन्ने / नहेर्ने तथा मनमा कोरोना मात्र बोकेर नहिड्ने हो भने चिन्ताले अस्वस्थ हुने अवस्था उत्पन्न हुँदैन |

प्रतिकृया दिनुहोस

स्थानीय तहमा ‘वान रोड सिस्टम’ लागू भएन : राजनराज पन्त

स्थानीय तह निर्वाचन २०७४ मा  गोरखा नगरपालिकाबाट निर्वाचित भएका थिए राजनराज पन्त । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका उनले निर्वाचनमा

एक वर्षभित्रमा ग्रामीण क्षेत्रका आवास पुनर्निर्माणको काम पुरा हुन्छ : ज्ञवाली

२०७२ साल वैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर महाभूकम्प गएको साढे ३ वर्ष पुरा भइसकेको छ, तर पनि त्यसले क्षति पु¥याएका संरचनाको

जुम्लाकाे मार्सी भात खाँदा के को कोकोहोलो ? –योगेश भट्टराई

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा गोविन्द केसी १५ औँ पटक अनशनमा बसिरहेका छन् । अनशन बसेको आज