National »
प्रथम शहीद लखन थापाको स्मृति दिवस
 प्रथम शहीद लखन थापाको स्मृति दिवस

फागुन २, गोरखा/

आज नेपालका प्रथम शहीद लखन थापाको एक सय ४१ औँ स्मृति दिवस । उहाँको जन्मस्थल गोरखाको शहिद लखन गाऊँपालीका ८ बुंकोटमा विभिन्न कार्यक्रम गरि मनाइँदै छ । २०५६ सालमा शहीदको सूचीमा राखेका थापालाई नेपाल सरकारले २०७२ साल असाज ३ गते मात्रै प्रथम शहिदको औपचारीक मान्यता दिएको हो । विसं १९३३ फागुन २ गते तत्कालीन राणा शासकले बुंकोटको काहुले भंगारमा थापा र उहाँका सहकर्मी जैसिं चूमी मगरलाई फासी दिई हत्या गरेका थिए । एक सय ४१ औँ स्मृति दिवसका अवसरमा थापाको जन्मस्थल बुंकोट काहुलेभंगारमा विभिन्न कार्यक्रम हुँदैछन् । विद्यालय स्तरीय खेलकुद कार्यक्रम, खुल्ला दौड, स्मृति सभा लगायतका कार्यक्रम गर्न लागिएको शहीद लखन गाऊँपालीकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेमगरले बताउनुभयो । स्थानीयले  प्रथम शहीदको स्मृति दिवसको दिन फागुन २ गते सार्वजनिक विदा दिन माग गर्दै आएका छन् । यस अघि माघ १६ गते मनाउने शहिद दिवसलाई पनि लखन थापाको स्मृति दिवसकै दिन मनाउनु पर्ने उनीहरुको भनाई छ । 
सरकारले लखन थापालाई राष्ट्रिय विभूतीको रुपमा सम्मान गर्न र लखन थापासँगै सहादत प्राप्त गरेका जैयसिं चुमि रानालाई पनि सहिद घोषणा गर्नु पर्ने स्थानीय कृष्ण आलेले बताउनुभयो । यस्तै काठमाण्डौंको शहिदगेट र शहिदपार्कमा लखन थापाको शालिक राख्न र स्मृति प्रतिष्ठान गठन गर्न पनि स्थानीयले माग गरेका छन् । थापाले शहादत प्राप्त गरेको गोरखाको बुंकोट काहुले भंगारलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न, त्यहाँ संग्रहालय र स्मृतिपार्क निर्माण गर्न, गोरखा सदरमुकामबाट मनकामना पुग्ने मोटरबाटोलाई लखन थापा मार्ग नामाकरण गर्नुपर्ने प्रथम शहीदको जन्मस्थलका बासिन्दाको माग छ ।

 

Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Badalindo Nepal 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Film Songs 10:00 - 11:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Joke Tantra 13:15 - 14:00
  • Pop Songs 14:00 - 15:00
  • Action Cut 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • Friend Club 16:00 - 17:00
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • funny friday 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...