National »
डाक्टर भट्टराईलाई समर्थन गर्दै दुई जनाको उम्मेद्वारी फिर्ता
 डाक्टर भट्टराईलाई समर्थन गर्दै दुई जनाको उम्मेद्वारी फिर्ता


किरण लोहनी
कात्तिक ८, गोरखा

डाक्टर बाबुराम भट्टराईलाई समर्थन गर्दै गोरखाको निर्वाचन क्षेत्र नम्वर २ का दुई उम्मेद्वारले मनोनयन फिर्ता लिुनभएको छ । सो क्षेत्रबाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराउनुभएका संघीय समाजवादी फोरम नेपालका सुकदेव गुरुङ तामाङले उम्मेद्वारी फिर्ता लिनुभएको हो । केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको आग्रहमा उम्मेद्वारी फिर्ता लिएको उहाँले बताउनुभयो । “केन्द्रमा नयाँ शक्ति र हाम्रो पार्टीविच कुरा भएछ, यहाँ मैले भट्टराईजीलाई सघाउने र उपेन्द्रजीलाई नयाँशक्तिले सघाउने सल्लाह अनुसार फिर्ता लिएको हुँ” उहाँले भन्नुभयो । अब प्रत्यक्षतर्फ भट्टराईलाई सघाउँदै समानुपातिकमा आफ्नो पार्टीका लागि भोट माग्न हिँड्ने तामाङको भनाई छ । सो क्षेत्रको आदिवासी जनजातिको बाक्लो बसोबास भएको पालुङटार नगरपालीका वडा नम्वर ५ सहित श्रीनाथकोट, जौवारी, घ्याच्चोक, मिरकोट लगायतका क्षेत्रमा संघीय समाजवादीले संगठन विस्तार गरेको छ ।
यस्तै नयाँशक्ति पार्टीको तर्फबाट क्षेत्र नम्वर २ अन्तर्गतकै प्रदेश १ का उम्मेद्वार हरिशरण आचार्यलाई समर्थन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ( प्रजातान्त्रिक ) का रुद्रराज पाण्डेले पनि उम्मेद्वारी फिर्ता लिनुभएको छ । पार्टीले केन्द्रबाट गरेको परिपत्र अनुसार मनोनयन फिर्ता लिएको उहाँले बताउनुभयो । “मलाई त निकै बलियो उम्मेद्वार हुँ भन्ने लागेको थियो, तर पार्टीले भनेपछि फिर्ता लिनै प¥यो” उहाँले भन्नुभयो, “अब प्रत्यक्षतर्फ आँखामा र समानुपातिकमा गोलाकारभित्रको हलोमा भोट माग्न हिँडिन्छ ।” दुई उम्मेद्वारले मनोनयन फिर्ता लिएसँगै गोरखाको निर्वाचन क्षेत्र नम्वर दुईमा नयाँ शक्तिका संयोजक भट्टराईको जीत्ने आधार निकै बलियो बनेको सो पार्टीले जनाएको छ । भट्टराईले नेपाली काँग्रेसको समर्थनमा उम्मेद्वारी दिनुभएको छ । वामगठवन्धनबाट भने नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ भट्टराईको प्रतिस्पर्धीका रुपमा हुनुहुन्छ ।
 

Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Khulla Munch 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Corporate Comedy 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • आधुनिक गीतहरु 16:00 - 17:00
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Sanjha Pakha 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Sajha Sawaal 21:00 - 21:45
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...