National »
एनजिओको काममा ढिलासुस्ती, २ वर्षमा बल्ल १० स्वास्थ्यचौकीको भवन निर्माण
 एनजिओको काममा ढिलासुस्ती, २ वर्षमा बल्ल १० स्वास्थ्यचौकीको भवन निर्माण

किरण लोहनी
चैत २८, गोरखा/

भूकम्पका कारण भत्किएका स्वास्थ्य संस्था पुननिर्माणको जिम्मा लिएका गैरसरकारी संस्थाहरुले स्वास्थ्य चौकीको भवन निर्माणमा ढिलाई गरेका छन् । उनीहरु आफैंले प्रतिवद्धता गरेको समय भित्र स्वास्थ्य चौकीहरुको भवन निर्माण गर्न नसकेका हुन् । भूकम्पले भत्किएका ५५ स्वास्थ्य संस्था मध्ये ४८ भन्दा बढीको पुननिर्माणको जिम्मा विभिन्न संघसंस्थाले लिएका थिए । गत वर्षको डिसेम्वरमै निर्माण सक्ने बताएका उनीहरुले एक वर्षसम्म आलटाल गरेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले तोकिएको समयभित्र निर्माण गर्न पत्राचार गरेको थियो । जसअनुसार गत डिसेम्वरसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएका संघसंस्थाहरुले थप ३ महिनाको समय मागेका थिए । उनीहरु आफैंले गरेको प्रतिवद्धता अनुसार गत मार्चमा सबै स्वास्थ्य संस्थाको निर्माण भैसक्नु पर्नेमा अधिकाँशको निर्माणनै शुरु हुन सकेको छैन । तोकिएको समयभित्र जम्मा १० वटा स्वास्थ्य संस्थाको मात्रै भवन बनेको जनस्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट नानीबाबु दानीले बताउनुभयो ।
त्यसमा पनि सम्झौता गरे अनुसारको समयभित्रै जम्मा ५ वटा स्वास्थ्य संस्थाको मात्रै भवन बनेका हुन् । असल छिमेकी नेपाल पोखरा नामक संस्थाले श्रीनाथकोट, आँपपिपल, घैरुङ, भूम्लीचोक र घ्याल्चोकको भवन निर्माण समयमै पूरा गरेको हो । सम्झौतापभत्रैको समयमा भवन निर्माण पूरा गरेको भन्द्यै सो संस्थालाई जिल्ला जनस्वास्थ्य कार्यालयले सम्मान पनि गरेको छ । तर युनिसेफ लगायतका अन्तर्राष्ट्रिय दातृ निकायको भवन निर्माणमा ढिलाई भएको हो । युनिसेफले १२ वटा स्वास्थ्य संस्थाको भवन निर्माणको जिम्मा लिएपनि दर्बुङको मात्रै निर्माण पूरा गरि कार्यालयलाई हस्तान्तरण गरेको हेल्थ असिस्टेन्ट दानीले बताउनुभयो । उसले छोप्राक, आरुपोखरी, वारपाक, लाप्राक, गुम्दा, नामजुङ, माछिखोला, तारानगर, बक्राङ, फुजेल र मझुवा देउराली स्वास्थ्य चौकी भवन निर्माण गर्नुपर्ने छ । यि मध्ये ४ वटा संस्थाको निर्माण सकिन लागेपनि अरु ७ वटाको भने निर्माणनै शुरु हुन सकेको छैन ।
 यस्तै आईएमसीले ७ वटा भवनको निर्माण गर्ने गरि सबभन्दा पहिले सम्झौता गरेपनि ताप्लेको मात्रै भवन बनाएको छ । सौरपानी, मुच्चोक, खरिवोट, घ्याच्चोक, स्वाँरा र आरुअर्वाङका स्वास्थ्य संस्थाहरुको भवन निर्माणमा ढिलाई भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । वल्र्ड भिजनले जिम्मा लिएको केरावारी स्वास्थ्य चौकीको भवन निर्माण भने पूरा भएको र अब हस्तान्तरण गर्न बाँकी रहेको हेल्थ असिस्टेन्ट दानीले जानकारी दिनुभयो । गुड नेवर्स इन्टरनेशनलले फिनाम, थूमी, मान्बु र लापूको भवन निर्माण अन्तिम चरणमा पु¥याएको छ भने फेज नेपालले जिम्मा लिएको काशिगाउँ र केरौंजाको भवन निर्माण सकिएको उहाँले बताउनुभयो । तर नेदरल्याण्ड लेप्रोसी रिलिफ नामक संस्थाले भने स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड विपरीत भवन बनाएको उहाँको भनाई छ । “शौचालय, भवनको गाह्रोको गुणस्तर लगायतका कुरा पूरा भएका छैनन् ।” दानीले भन्नुभयो । भूकम्पले क्षति पुगेका मध्ये स्वाँरा स्वास्थ्य चौकी अझै पनि त्रिपालमा रहेको छ । भवन बन्न बाँकी अरु स्वास्थ्य चौकीले पनि अस्थायी टहरा, भाडाका साँघुरा संरचनाबाट सेवा दिनुपर्दा कठिनाई भएको स्वास्थ्यकर्मीहरुलेनै बताएका छन् ।
 

Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Khulla Munch 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Film Songs 10:00 - 11:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Filmy Checkpost 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Jhataro 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Old Hindi Songs 21:15 - 22:00
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...