National »
वारपाकमा यसरी बन्दैछ, भूकम्प स्मृति पार्क
 वारपाकमा यसरी बन्दैछ, भूकम्प स्मृति पार्क

किरण लोहनी
चैत २८, गोरखा/

गत वर्ष बैशाखको भूकम्पको केन्द्रविन्दू वारपाकमा बनाउन लागिएको भूकम्प स्मृति पार्कको डिजाइन तयार भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईले पार्कको डिजाइन तयार पारेको हो । कन्सल्ट्यान्ट मार्फत तयार पारिएको डिजाइनकै आधारमा लागत स्टमेट तयार पार्ने काम भैरहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाका प्रमुख रोशन श्रेष्ठले बताउनुभयो । १ लाख १३ हजार वर्गमिटर अर्थात २ शय २२ रोपनी क्षेत्रफलमा फैलिने पार्क भित्र बनाइने संरचनाहरुको पनि डिजाइन तयार भएको उहाँको भनाई छ । पार्कमा बगैंचा,भूकम्पले पु¥याएको क्षतिको विवरण झल्कने संरचनाहरु निर्माण गरिनेछ ।
पार्कको मुख्य आकर्षणका रुपमा भने भूकम्प स्मृति स्तम्भ रहने छ । गत वर्षको भूकम्पले बढी क्षति पु¥याएका १४ जिल्लाका मृतकहरुको सम्झनामा छुट्टाछुट्टै १४ वटा स्तम्भ निर्माण गरिने छ भने स्तम्भमा जिल्लाहरुको नाम पनि लेखिनेछ । “हरेक स्तम्भमा ति जिल्लाहरुमा क्षति के के भयो भनेर जानकारी राख्ने बारे पनि छलफल भैरहेको छ ।”डिभिजन प्रमुख श्रेष्ठले बताउनुभयो । यस्तै अर्को छुट्टै स्तम्भमा ग्लोव अर्थात पृथ्विको आकृति बनाएर गत वर्ष भूकम्प गएको मिति र समय उल्लेख गर्ने गरि डिजाइन तयार पारिएको डिभिजन प्रमुख श्रेष्ठले बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प गएको एक वर्ष पुगेको दिन अर्थात गत बैशाख १२ गतेनै पार्कको शिलान्यास गरेपनि सरकारले १० महिनापछि मात्रै कार्यक्रम स्विकृत गरेको हो । कार्यक्रम स्विकृत भै चालु आर्थिक वर्षका लागि १ करोड रुपैया विनियोजन भएको श्रेष्ठले बताउनुभयो । सो वजेटबाट पार्क बन्ने जग्गा  संरक्षण, माटो सम्याउने लगायतका काम गरिने उहाँको भनाई छ । त्यसका लागि दुई करोड रुपैयाको टेण्डर आब्हान गरिसकेको उहाँको भनाई छ । “वजेट त जम्मा एक करोड मात्रै आएको हो,तर विभागको मौखिक स्विकृतिमा २ करोड रुपैयाको टेण्डर निकालिएको छ ।”जिल्ला दैवीप्रकोप उद्धार समिति गोरखाले भूकम्पमा परी ज्यान गुमाएकाको सम्झनामा साविकको बारपाक वडा नम्वर ४ मा स्मृति पार्क बनाउने निर्णय गरेअनुसार निर्माण प्रक्रिया शुरु भएको हो ।
स्थानीय निकाय र सरकारको स्वामित्वमा रहेको २ शय २२ रोपनी क्षेत्रफल र कित्ता नम्बर ५९४ मा रहेको पर्ति जग्गामा स्मृति पार्क बनाइने छ । यस्तै,भूकम्पले क्षति पु¥याएको वडा नं ५ को बस्तीलाई पनि पार्कमा गाभ्ने तयारी गरिएको छ । भूकम्पले जमिन चिराचिरा हुँदा वडा नं ५ का ३२ घरधुरी दलित बस्तीका भूकम्प प्रभावितहरु नजिकैको सरकारी जग्गामा टहरो बनाएर बस्दै आएका छन् । वजेट विनियोजन भै पार्क निर्माणको प्रक्रिया शुरु भएपनि पार्क बन्ने क्षेत्रमा बसोबास गरेका दलित समुदायलाई अन्यत्र स्थानान्तरण नगरेसम्म निर्माण शुरु गर्न कठिन हुने प्रमुख जिल्ला अधिकारी जीतेन्द्र वस्नेतले बताउनुभयो । उनीहरुलाई अर्को ठाऊँमा स्थानान्तरण गर्नेबारे  छलफल भैरहेको उहाँको भनाई छ । 

Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Khulla Munch 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Corporate Comedy 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • आधुनिक गीतहरु 16:00 - 17:00
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Sanjha Pakha 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Sajha Sawaal 21:00 - 21:45
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...