National »
संस्थापक अध्यक्ष श्रेष्ठ रहेनन्
 संस्थापक अध्यक्ष श्रेष्ठ रहेनन्


माघ २४/
गोरखा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चूडानारायण किसुनबाबु श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज दिउँसो काठमाण्डौंको नर्भिक अस्पतालमा ८८ वर्षको उमेरमा निधन भएको हो । केही वर्षदेखि मुटुसम्बन्धी समस्या देखिएका श्रेष्ठलाई पछिल्लो समय हाडसम्बन्धी समस्या समेत थपिएको उहाँका परिवारका सदस्य अस्मकबाबु श्रेष्ठले बताउनुभयो । विसं १९८५ मंसीर २० गते गोरखामा जन्मनुभएका श्रेष्ठ गोरखा उद्योग वाणिज्य संघको स्थापनाकाल अर्थात विसं २०३० देखि १४ वर्षसम्म संघको अध्यक्ष हुनुभएको थियो । उहाँ गोरखा सदरमुकाम आसपासका विद्यालय, विभिन्न परोपकारी संघ संस्थाको संस्थापक मध्येका हुनुहुन्थ्यो । जिल्लाका पुराना कपडा ब्यवसायी श्रेष्ठ केही वर्षयता भने काठमाण्डौमा बस्दै आउनुभएको थियो । जिल्लावासीले उहाँलाई प्रजातान्त्रिक आन्दोलनका योद्धाका रुपमा पनि स्मरण गर्दछन् । श्रेष्ठका श्रीमति ५ छोरी र २ छोरा हुनुहुन्छ । विदेशमा रहेका जेठा छोरा प्रद्युम्नबाबु श्रेष्ठ नेपाल फर्किएपछि मात्रै उहाँको अन्तिम संस्कार गर्ने परिवारजनले बताएका छन् ।
 

Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Khulla Munch 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Film Songs 10:00 - 11:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Filmy Checkpost 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Jhataro 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Old Hindi Songs 21:15 - 22:00
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...