National »
मनासलुको अध्यक्षमा फेरि मल्ल
 मनासलुको अध्यक्षमा फेरि मल्ल


माघ २४, गोरखा/
गोरखा सदरमुकाममा केन्द्रिय कार्यालय रहेको मनासलु विकास बैङ्कको नयाँ सञ्चालक समिति चयन भएको छ । हिजो भएको पाँचौं वार्षिक साधारणसभाले फेरि विजय मल्लकै अध्यक्षतामा समिति चयन गरेको हो । जसको सदस्यहरुमा बद्रिबहादुर मास्के, लिकुलबाबु श्रेष्ठ, कल्याण जोशी, हरेराम श्रेष्ठ र शित्तलकाजी मास्के रहनुभएको छ । साधारणसभाले बैङ्कको १० जिल्लामा शाखा विस्तार गर्ने लगायतका निर्णय गरेको छ । सो बैङ्कले हाल गोरखा सहित तनहुँ र चितवनबाट सेवा दिँदै आएको छ । मनासलु विकास बैङ्कले गत आर्थिक वर्षको तुलनामा निक्षेप संकलनमा ५४ प्रतिशतले बृद्धि गरेको निमित्त महाप्रवन्धक दूर्गाराम पूरीले बताउनुभयो । गत आर्थिक वर्षको सञ्चालन मुनाफा ३ करोड ९० लाख रुपैया रहेको साधारणसभापछि आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
यस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा १ अर्ब ५६ करोड ७४ लाख रुपैया निक्षेप संकलन गरि १ अर्ब ३४ करोड रुपैया कर्जा लगानी गरिएको पुरीले बताउनुभयो । सो अवधीमा २ करोड ५७ लाख रुपैया सञ्चालन मुनाफा कमाउन सफल भएको बैङ्कले जनाएको छ । चालु आर्थिक वर्ष ब्यवसायिक कृषिमा लागनी बढाउने सोच रहेको अध्यक्ष विजय मल्लले बताउनुभयो । सो क्रममा गोरखा र तनहुँमा ब्यवसायिक कफि खेती विस्तारमा लगानी गर्ने सोच रहेको उहाँको भनाई छ । एउटा विदेशी कम्पनीसँग मिलेर दुई जिल्लाको २ हजार रोपनी जग्गामा कफि खेती गरिने मल्लले जानकारी दिनुभयो ।
 

Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Khulla Munch 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Corporate Comedy 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • आधुनिक गीतहरु 16:00 - 17:00
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Sanjha Pakha 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Sajha Sawaal 21:00 - 21:45
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...